काठमणडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडकोे ८ लाख ४६ हजार ७९१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको झण्डै एक बर्ष अघि पारित गरेको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा बल्ल सुचिकृत भएको छ । इन्स्योरेन्सले गत बर्ष २३.७५ प्रतिशत बोनस प्रदान गरेको थियो ।
सगरमाथा इन्स्योरेन्स ४४ करोड १२ लाख चुक्ता पूँजी रहेको कम्पनी हो । कम्पनीले चालु आर्थिक बर्ष, पहिलो त्रैमासमा तीन करोड नौं लाख खुद नाफा गरेर प्रति सेयर आम्दानी ७ रुपैयाँ कायम गरेको छ । कम्पनीको यही २७ गते साधारणसभा पनि हुँदैछ ।
२५ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २५ सोमवार ११:२५ मा प्रकाशित