काठमाण्डौं । सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिले २२ प्रतिशत बोनसका साथमा कर प्रयोजनका लागि १.५७९ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ ।
कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड खुद नाफा कमाएको छ । ४४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ४१ रुपैयाँ कायम गरेको थियो ।
५ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १२:२२ मा प्रकाशित