back
NMB ad

तीन वित्तिय संस्थाले पाए अनुमति, अब बजारमा आउँदैछ ४३ लाख २९ हजार कित्ता सेयर !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले तीन वटा वित्तीय संस्थालाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकको हकप्रदलाई इक्राले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । हाल १० करोड चुक्ता पुँजी रहेको बैंकको हकप्रद जारी पछि यो पुँजी २० करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमति पाएको छ । यसअघि नै १५ दशमलव ८५५ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको कम्पनीले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

त्यसैगरी नमस्ते वित्तिय संस्था लिमिटेडले पनि शतप्रतिशत अर्थात् एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

प्रकाशित मितिः २०७३ मंसिर ३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १४:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...