back
NMB ad

नेपाली कम्पनीे अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश, ५ लाख डलर सेयरको बिक्री खुल्ला

Kumari bank ad

काठमाण्डौं । नेपाली सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि अन्तर्राष्ट्रिय बजारमा साधारण सेयर निष्काशन गरेको छ ।

अमेरिककाको राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन डटकम अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो । सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ताहरुलाई कम्तीमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको हिजो यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।

सगुन डटकम एउटा बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको छ । शेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिने कम्पनीले जनाएको छ ।

सगुन डटकममा रजिस्टर्ड प्रयोगकर्ताले “माई डे” (दैनिक काम मिलाउने), “मुड टक” (मुड अनुसार कुराकानी गरिने), र “ओपन सेक्रेट” (आफ्नो गोप्य कुराहरु आदान प्रदान गर्ने) लगायतका सुविधा प्रयोग गर्न सक्छन् । मुड टकबाट प्राइभेट वा ग्रुप च्याटमा प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजी र स्टिकर बनाउन सक्नेछन् ।

सगुनको च्याटमा कुराकानी गरेको २४ घन्टा पछि म्यासेजहरु आफै हराएर जानेछन् । सगुनमा प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो सेक्रेट सबैलाई वा चाहेको व्यक्तिलाई मात्रै शेयर गर्न सक्नेछ ।

गोबिन्द गिरी संस्थापक रहेको सगुन सन् २००९ मा सर्च इञ्जिनका रुपमा स्थापित भएको थियो । १२ बर्ष पेन्टागनमा सूचना प्रविधि पेशाकर्मीको रुपमा काम गरेका गिरीले सगुनलाई सामाजिक सञ्जालका रुपमा स्थापित गरे पछि गत नोभेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सगुन डटकमको औपचारिक सुरुवात गरेका थिए ।

सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिने कम्पनीले जनाएको छ ।

१६ असार २०७३, ९.००

वि.सं.२०७३ असार १६ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...