back
NMB ad

दुईवटा सहकारीका अध्यक्ष पक्राउ !

Kumari bank ad

महोत्तरी । महोत्तरी प्रहरीले जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने स्थानीयवासी शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।

पक्राउ परेका अध्यक्षद्वयले किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी अनुदानमा गहुँको बीउ ल्याएर मनपरी ढङ्गले बढी मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अध्यक्ष भगतले गहुँको बीउ प्रतिबोरा ४० किलोको एकहजार सातसय २० मा बेच्नुपर्नेमा दुईहजार पाँचसयमा बेचेको र अध्यक्ष कुर्मीले प्रतिकिलो रु ४३ मा बेच्नुपर्नेमा प्रतिकिलो रु ६५ मा बेचेको गुनासो आएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रमेश अधिकारी सहितको अनुगमन टोलीले दुवै अध्यक्षलाई रङ्गेहात पक्राउ गरेको जनाइएको छ ।

अनुदानको बीउमा किसानलाई ठगी गरेका दुवै सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरी दुवैमाथि कालोबजारी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २९

वि.सं.२०७३ मंसिर २९ बुधवार २२:५७ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...