back
NMB ad

अब केहि दिनमै भक्तपुरमा साझा बस सरर ! हेर्नुहोस् रुट

Kumari bank ad

काठमाडौ। साझा यातायातले यहि चैत २० सम्ममा भक्तपुरका लागि रुट इजाजत पाउने भएको छ । यातायात व्यवस्था विभागका अनुसार इजाजपत्रको काम अन्तिम चरणमा रहेकाले केही दिन भित्रैमा साझाले पाइसक्नेछ ।

स्वच्छ प्रतिस्पर्धाबाट कानुनी हिसावले आएमा रुट इजाजत दिने व्यवस्था भएकाले साझालार्इ रुट दिने तयारी अन्तिम चरणमा रहेको यातायातले बताएको हो । साझा कानुनी र स्वस्थ प्रतिस्पर्धामा आएकाले स्थलगत अध्ययन र परिक्षण पछि रुट इजाजत दिन लागिएको बिभागले जनाएको छ ।
साझाका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले यातायातले कानुनी प्रक्रिया पुरा गरेर गएकाले रुट दिन तयार भएको बताएका छन् । उनले साझा भक्तपुरका यात्रुका लागि सेवा दिन तयार रहेको र रुट इजाजत पाउने वित्तिकै सञ्चालन गर्ने बताए । उनले यहि चैतको तेस्रो साता सम्म साझाका बस भक्तपुरमा कुद्ने जानकारी दिए।

साझाले भक्तपुरका दुइवटा रुटमा गरी २० वटा बसका लागि यातायात कार्यालयसंग फागुन ३० गते रुट माग गरी आवेदन दिएको थियो । यातायातले सुरक्षाको कारणले गर्दा रुट इजाजत दिन केही ढिला भएपनि सुरक्षाको प्रत्याभूति भएपछि सेवा सुरु गर्न लागिएको बताएको छ ।

यातायात ब्यवस्था विभागले दिएको जानकारी अनुसार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सुरक्षाको प्रत्याभूति दिएकाले साझाले बस सेवा सुरु गर्न लागेको हो। बिभागका अनुसार चैत २० सम्ममा साझाले भक्तपुरको रुट इजाजत पाउनेछ।

अब काठमाडौंको कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–सुन्धारा रत्नपार्क–पुतलीसडक–सिहदरबार–माइतीघर–बबरमहल–नयाँ बानेश्वर–मिनभवन हुदै भक्तपुर तिर जानेछन् । दशवटा बस सञ्चालित यो रुटमा थप दशवटा बस आउनेछन् ।

दशवटा बसहरु जडिबुटीको बाटो भएर पुरानो ठिमी हुदै कमलविनायकको बाटो फर्कने छन् । अरु दशवटा बस भने जडिबुटीबाट नयाँबाटो कमलविनायक हुँदै पुरानो बाटोबाट रत्नपार्क फर्कने छन् ।

यता व्यवसायीहरुले भक्तपुरमा आफ्नो एकाधिकार तोडिने भन्दै विरोध जनाउदै आएका छन्।

साझा बस गत दशै अगावै चल्ने हल्ला चलेपछि भक्तपुर मिनिबस सेवा समितिले साझालार्इ भक्तपुरमा छिर्न नदिने निर्णय गरेका थिए ।

तर उपत्यकाका सबै रुटमा साझा बस चलाउन यात्रुको माग रहिआएको छ ।

प्रकाशित मितिः २०७३ चैत १६

वि.सं.२०७३ चैत १६ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...