back
NMB ad

अर्थ मन्त्रालय मातहत कर्मचारीको तलब मासिक ५ रुपैयाँ !

Kumari bank ad

काठमाडौ। मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला ? अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौँ जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ ।

कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको यो पारिश्रमिक अहिले भने असाध्यै न्यून भएको अधिकारीहरू नै स्वीकार गर्छन् । यद्यपि यो पारिश्रमिक बढाउन भने कहिल्यै तयार हुँदैनन् ।

हनुमानढोका दरबारको मूलचोकमा अवस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्य भन्छन्, ‘कौशितोषाखानाले दिने वार्षिक ३७ रुपियाँ पारिश्रमिक खर्च लिन छोडेकै वर्षौं भइसक्यो । पुग्दै नपुग्ने खर्च लिएर के गर्नु ?’ निकासा भएको यो रकम कौशितोषाखाना कार्यालयले वितरण गर्ने गरे पनि रकम न्यून भएको असन्तुष्टि वर्षौंदेखि सम्बोधन हुन सकेको छैन ।

अर्थ मन्त्रालयका उपसचिव एवं साविक कौशितोषाखानाका प्रमुख हेमन्त निरौला यो रकम काम लगाएबापत निकै कम भएको स्वीकार्छन् । उनी भन्छन्, पारिश्रमिक समयानुकूल गर्न प्रयास नभएको भने होइन तर साविकअनुसार गर्नु भनी सम्बन्धित निकायबाट लेखी आउँछ ।’
निरौलाका अनुसार हनुमानढोका दरबार र परिसरमा रहेका ससाना आकारका मन्दिरमा पूजा गर्ने धेरैको पारिश्रमिक मासिक पाँच रुपियाँभन्दा बढी छैन । गोरखापत्र दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १५

वि.सं.२०७४ वैशाख १५ शुक्रवार १४:२१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...