back
NMB ad

तलब नपाउँदा शिक्षकको दशैँ खल्लो !

Kumari bank ad

काठमाडौ । नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठपर्वमा तलब नपाएपछि यहाँका विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाले सोचेजस्तो पर्व मनाउन नसक्ने महोत्तरी गौशाला नगरपालिका–११ कालीपुरकी शिक्षिका सुनिता कुमारीले बताए । वर्षमा एकपटक आउने पर्वमा छोराछोरीको इच्छा पूरा गर्ने कुनै छाँटकाँट नदेखिएको उनको भनाइ छ ।

ठूलो पर्व भए तापनि पैसाको अभावमा कुनै किसिमको तयारी नगरेको गौशाला नगरपालिकास्थित वीरेन्द्र आधारभूत विद्यालय बेलगाछीका शिक्षक चन्द्रमोहन कनौजियाले बताए । यस सम्बन्धमा महोत्तरीका जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले अब विद्यालय कर्मचारीका तलब स्थानीय निकायले उपलब्ध गराउने भए तापनि आफू तलब खुवाउनका लागि प्रयासरत रहेको बताए ।

यता महोत्तरीलगायत २ नं प्रदेशमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भएपनि कार्यालय पूर्णरुपमा सञ्चालनमा नआएकाले शिक्षकले तलब पाउन नसकेको जिशिअ दाहालले पत्रकारलाई बताए। यता भर्खरै स्थानीय तहको निर्वाचनको परिणाम आएकाले हरेक विद्यालयमा तलब पठाउने व्यवस्था भइरहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ । जिल्लाभरिमा दुई हजारको हाराहारीमा शिक्षक कार्यरत रहेका छन् । रासस

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार ०९:४५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...