back
NMB ad

बलीउडस्टार सलमान खानको घाँटीमा जुत्ताको माला किन ?

Kumari bank ad

एजेन्सी–बलीउडस्टार सलमान खानले यस बर्षको ईदमा आफ्ना प्रशंसकहरुलाई नयाँ फिल्म उपहार दिँदैछन्, ट्यूबलाइट । यो फिल्मले रिलिज अगावैदेखी रेकर्ड बनाइरहेको छ ।

यसैबीच फिल्मको फस्र्टलुक पोस्टर बुधवार रिलिज गरिएको थियो भने बिहिवार दोस्रो पोस्टर पनि आउट भएको छ । फिल्मका निर्देशक कबिर खानले दोस्रो पोस्टर ट्विट गर्दै लेखेका छन्, जाग्नुहोस् सलमानको सलाम आएको छ ।

यो पोस्टरमा सलमानको लुक केही फन्नी र निकै क्यूट देखिन्छ । पोस्टरमा सलमान सलाम गरिरहेका छन् भने उनको घाँटीमा एकजोडी बूट्स देख्न सकिन्छ । फिल्मको पहिलो पोस्टरमा भने सलमान खानको अनुहार देखाइएको थिएन ।

यसभन्दा अगाडी नै यो फिल्म सेन्ट्रल इन्डिया (सीआई) लाई छाडेर अल इन्डिया डिस्ट्रिब्यूसनले सबै अधिकारबाट एनएच स्टूडियोजलाई १३२ करोडमा विक्रि गरिसकेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो फिल्म हो । कबिर खान निर्देशित यो फिल्म यसकारण पनि खास छ, किनकी फिल्ममा शाहरुख खानले केमियो गरेका छन् ।

ट्यूबलाइट मा लिड रोल निर्वाहा गरेकी हिरोइन चिनिया यूवती हुन, जसको नाम जूजू हो ।
ट्यूबलाइट को कहानी भारत–चीन युद्धमा आधारित छ । निर्देशक कबिर खानसँग सलमानको यो तेस्रो फिल्म हो । यसभन्दा अगाडी उनीहरुले एक था टाइगर र बजरंगी भाईजान जस्ता रेकर्ड तोड फिल्म दिइसकेका छन् । ट्यूबलाइट २३ जुन, २०१७ मा रिलिज हुँदैछ ।

प्रकाशित मितिः २०७३ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार १७:१५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...