back
NMB ad

चर्को ढुवानी भाडाकै कारण ग्रामीण भेगमा आयोडिनयुक्त नुन पुगेन,भारतबाट आयात

Kumari bank ad

पर्सा । पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएको सुदूर ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन पुग्न नसक्दा त्यस भेगका बासिन्दा भारतीय नुन प्रयोग गर्न बाध्य भइरहेका छन् । त्यस क्षेत्रमा नुन पुग्न नसक्दा विकट ग्रामीण क्षेत्रका १० प्रतिशत बासिन्दा भारतीय नुनको प्रयोग गर्न बाध्य भएका छन् । सीमाक्षेत्रसँग जोडिएको पर्साको उत्तरी भेग भिस्वा, जानकीटोला, विषमपुर, लङ्गडी, मुर्ली, धोबिनी, हरिहरपुर, सुवर्णपुर, ठोरी लगायत दर्जनौँ गाउँका मानिसले भारतीय नुन प्रयोग गर्ने गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जले पोखरियामा थोक बिक्रेता खडा गरे पनि दुर्गम गाउँमा आयोडिनयुक्त नुन पुग्न नसक्दा त्यस भेगका बासिन्दाले भारतीय नुन प्रयोग गर्ने गरेको क्षेत्रीय प्रमुख अमोज लामिछानेले बताए । उनले ढुवानी खर्च बढी लाग्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले सरकारले तोकेको मूल्यभन्दा बढीमा किन्न नसक्ने भएकाले यस्तो स्थिति आएको बताए । भारतीय सीमासँग जोडिएको नेपाली गाउँका १० प्रतिशत मानिस आयोडिन नुन प्रयोगबाट वञ्चित हुनु परेकाले उनीहरु शारीरिक रुपमा विभिन्न रोगका सिकार हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

साल्ट ट्रेडिङ लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जले पर्सा, बारा तथा रौतहट गरी वार्षिक ७० हजार बोरा नुन बिक्री गर्दै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पाँच करोड मूल्य बराबरको ६१ हजार पाँच सय १५ बोरा आयोडिन नुन बिक्री गरेको छ । भारतीय नुनभन्दा नेपालको आयोडिन नुन स्वस्थकर, सफा तथा शारीरिक विकासमा गुणकारी हुने भएकाले व्यापारीलाई सुविधा दिएर सरकारले दुर्गम गाउँमा पनि सो नुन उपलब्ध गराउनुपर्ने त्यहाँका बसिन्दाको माग रहेको छ ।

प्रकाशित मितिः २०७३ पुस १०

वि.सं.२०७३ पुस १० आइतवार १६:०९ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...