काठमाण्डौं । सरकारले सात वर्ष पछि नुनको मूल्य बढाएको छ। १८ रुपैयाँ किलोमा पाइने नुनको मूल्य २० रुपैयाँ पुर्याइएको हो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य प्रतिकिलो पाँच रुपैयाँ बढाउन प्रस्ताव गरे पनि सरकारले दुई रुपैयाँ बृद्धि मात्र सदर गरेको छ।
पुरानो मूल्य कायम हुँदा नुनमा कर्पोरेसन प्रतिकिलो पाँच रुपैयाँ नोक्सान रहेको कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीको भनाइ छ। अझै पनि तीन रुपैयाँ घाटा हुने उनले बताए।
सरकारले गत साता नै मूल्य बढाएको भए पनि उपभोक्ताबाट पनि खासै गुनासो नआएको उनले दावी गरे। प्रति किलोदुई रुपैयाँ मूल्य बढ्दा घर परिवारको नुनमा हुने मासिक खर्च १० देखि २० रुपैयाँले मात्र बृद्धि हुने भएको कारण कार्यान्वयमा समस्या नआएको उनको भनाइ छ।
४ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत ४ शुक्रवार १३:०३ मा प्रकाशित