काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसनको ५० औं साधारण सभा असार २९ गते बस्ने भएको छ । साधारण सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर र यसको कर तिर्न ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा गर्न साल्ट ट्रेडिङले असार १४ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा बोनस पाउन असार १३ गतेभित्र नै कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।
प्रकाशित मितिः २०७४ असार ९
वि.सं.२०७४ असार ९ शुक्रवार १२:०२ मा प्रकाशित