back
NMB ad

अब अपाङ्ग महिलासँग बिहे गर्नेले घर र दुई लाख रुपैयाँ पाउने

Kumari bank ad

नयाँ दिल्ली ।  मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीले अनौठो घोषणापत्र जारी गरेको छ । भारतको उत्तर प्रदेशमा आगामी फ्रेबुअरीमा विधानसभाको चुनाव हुँदैछ । सो चुनावमा मोदीको पार्टीसँग प्रतिस्पर्धा गर्नका लागि उसले कांग्रेस आइसँग चुनावी गठबन्धनसमेत गरेको छ ।

मुख्यमन्त्री अखिलेशको समाजवादी पार्टीको घोषणापत्रमा कुनै व्यक्तिले अपाङ्ग महिलासँग विवाह गरेमा त्यो जोडीलाई सरकारले एउटा घर र दुई लाख रुपयाँ प्रदान गर्ने आश्वासन दिइएको छ । साथै अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि खाने तथा बस्ने व्यवस्था सरकारले गर्नेसमेत घोषणा गरिएको छ ।

समाजवादी पार्टीले चुनाव जितेमा गरिव महिलाहरुका लागि खाना पकाउने प्रेसर कुकर प्रदान गर्ने पनि घोषणापत्रमा उल्लेख छ । त्यस्तै सार्वजनिक यातायातमा महिलालाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने भनिएको छ ।

त्यसैगरी माध्यमिक तहका छात्राहरुलाई स्कुल जानका लागि साइकल प्रदान गर्ने घोषणा पत्रमा उल्लेख छ । विद्यार्थीहरुका लागि लोडसेडिङबाट मुक्त गराउन सोलार वत्ती बाँड्ने आश्वासन दिइएको छ । जेहेन्दार विद्यार्थीहरुका लागि ल्यापट तथा अन्य सहुलियत दिने घोषणासमेत गरिएको छ ।  यादवको पार्टीले अल्पसंख्यक समुदायका लागि धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्नेसमेत घोषणा गरेको छ ।

त्यति मात्र नभएर चुनाव जितेमा कृषकहरुका लागि सस्तो ब्याजरदमा ऋण दिने प्रतिवद्धता समेत घोषणापत्रमा गरिएको छ ।

१० माघ २०७३, १।००

वि.सं.२०७३ माघ १० सोमवार १२:५६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...