Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, वैशाख १५ , २०७४  |  
Friday, April 28, 2017

सय रुपैंया अंकित सेयरमा २१३ गुणाभन्दा बढिको आवेदन परेपछि के हुन्छ अब ?

January 8, 2017

ipo Demand

काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा एक अर्ब ८८ करोड रूपैयाँभन्दा बढीको आवेदन परेको छ । यो मागको तुलनामा करिब २१३ गुणा भन्दा बढी हो । समताले कुल ९४ हजार आठ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल निष्कासन गरिएको सेयरमध्येबाट एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई दिइएको छ भने चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीले पाएका छन् । यस आधारमा सर्वसाधारणको भागमा जम्मा ८८ हजार एक सय ६४ कित्तामात्र परेको छ । यो संख्यालाई हिसाब गर्दा समतामा मागको तुलनामा २१३ गुणाभन्दा बढी आवेदन परेको देखिन्छ ।

समताले पुस १९ देखि २२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो । एक सय रुपैयाँ अंकित मूल्यको यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम पाँच सय कित्तासम्म सेयर भर्न पाइने व्यवस्था गरिएको थियो । मागको तुलनामा निकै बढी आवेदन परेकाले साना लगानीकर्ताले गोलाप्रथा प्रणालीमार्फत सेयर पाउने निश्चित जस्तै भएको छ ।

प्रकाशित मितिः २०७३ पुस २४

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु