back
NMB ad

आजैबाट ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला, हेर्नुहोस् कहाँकहाँबाट दिने आवेदन

Kumari bank ad

काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले निष्कासन गरेको सेयरमा पुस १९ गते मंगलबार देखि पुस २२ गते शुक्रबारसम्म सम्म आवेदन दिन सकिने छ ।

तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आईपीओ लगानी गर्न इच्छुक लगानीकर्ताले थोरैमा ५० कित्ताको एक सय रुपैंयाका दरले पाँच हजार रुपैयाँदेखि अधिकतम पाँच सय कित्ता अर्थात ५० हजार रुपैयाँ सम्म आवेदन दिन पाउनेछन् ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयर किन्नका लागि आवेदन फारम एनआइबिएल क्यापिटलको कार्यालय लाजिम्पाट लगायत नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तिपुत्तली, ठमेल, पुल्चोक लगनखेल, सिपाडोल, ललितपुर र उपत्यका बाहिरका सम्पुर्ण शाखाहरु मार्फत बुझाउन सकिनेछ ।

त्यस्तै आईसिएफसी फाईनाइन्सको भाटभटेनी, बौद्ध, मैतिदेबी, गोंगबु, पेप्सीकोला, न्युरोड तथा काभ्रेको बनेपा, गोर्खाज फाईनाइन्सको कार्यालयहरु डिल्लीबजार, बौद्ध, न्युरोड, सातदोबाटो, सुर्यविनायक, दमक, धरान, इटहरी, नारायणगढ,र बिर्तामोड तथा सिर्नजी फाईनाइन्सका कार्यालयहरु कमलादी, गोंगबु,न्युरोड पोखरा, मिलनचोक बुटवल शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

भिबोर क्यापिटल कृष्णगल्ली ललितपुर, हाम्रो विकास बैंक बट्टार, नुवाकोट, साझा विकास बैंकको शाखाहरु धनगढी, कैलाली, टिकापुर र महेन्द्रनगर शाखा तथा समता माइक्रोफाइनान्सको सम्पुर्ण कार्यालयहरु मार्फत पनि सेयरका लागि आवेदन दिन सकिने बताइएको छ ।

१९ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १९ मंगलवार १०:५५ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...