back
NMB ad

संसदको वर्षे अधिवेशन सुरु

Kumari bank ad

काठमाडौ । व्यवस्थापिका संसदको वर्षे अधिवेशन सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार सोमबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन शुरु सम्बन्धी पत्र पढेर सुनाइन् ।

त्यसपछि बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार र बुधबारको बैठकमा बजेट अघिको छलफल हुनेछ । सरकारले आउँदो बिहीबार नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने छ ।

सरकारले राष्ट्रिय महत्वका ठूला विकासे परियोजना, संविधान कार्यान्वयन र पुनर्निर्माणलाई बढी जोड दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बुझिएको छ । ११ गते बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक भएपछि जेठ १५ गते बजेट सार्वजनिक गर्ने सरकारको तयारी छ ।

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १६:२२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...