back
NMB ad

वडा अध्यक्ष बन्न रेडियोबाट राजिनामा !

Kumari bank ad

तुलसीपुर । पत्रकार संगित बस्यालले सक्रिय पत्रकारीताबाट विश्राम लिएको घोषणा गरेका छन् । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालीका वडा नं. ९ मा वडा अध्यक्षका उमेदवार बस्यालले यस्तो घोषणा गरेका हुन् ।

बस्यालले रिपोटर्श क्लव दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर रेडियो प्रकृतीको स्टेशन म्यानेजर, पत्रकार महासंघको सदस्य र प्रेस क्लव अफ दाङको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । अहिले अवकास पछि राजतिनि गर्ने परिपाटि बढेकाले त्यसलाई चिर्नका लागी आफु सक्रिय जिवनमै राजनितिमा लागेको बताए ।

रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बस्यालले आफ्नो १० वर्षे पत्रकारीता यात्रालाई स्थगित गर्दै बस्यालले राजनिति विना कुनै कुरा अघि बढ्न नसक्ने बताए । अहिले सामाजिक सञ्जालहरुमा व्यावसायिक पत्रकारहरुले नै अव्यवसायीक गतिबिधिहरु गरिरहेकोले यसले आफुलाई दुःखी बनाएको उनले बताए ।

पत्रकारीताको अवस्था र दुःखबाट आफु चिरपरिचित रहेको बताउदै बस्यालले सदैव पत्रकारहरुको हक हितको पक्षमा लाग्ने घोषणा गरे । अबको २० वर्ष राजनितिमै बिताउने घोषणा गरेका बस्यालले आफु सक्रिय रुपमा नभए पनि कुनै न कुनै माध्यममा पत्रकारीतामा संलग्न रहने जानकारी दिए । चुनाव जिते पनि हारे पनि आफु पार्टिको राजनितिक कार्यकर्ता भएर समाज परिवर्तनमा लाग्ने उनले बताए ।Sangeet Basyal dang

पत्रकारीतालाई हेर्ने दृष्ट्रिकोणलाई परिवर्तन गर्ने कुरामा आफु विश्वस्त रहेको उनको भनाई थियो । साथै उनाँले वडा अध्यक्ष निर्वाचित भएमा तुलसीपुरमा रहेका सम्पुर्ण सञ्चार माध्यमहरुलाई तुलसीपुर उपमहानगरपालीका वडा नं. मा रहेको नगर विकास क्षेत्रमा निःशुल्क जग्गाको व्यवस्थापन गर्ने योजना रहेको पनि बताए ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १७:३१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...