back
NMB ad

जेठ २१ सम्म भर्न मिल्ने बैंकको १०० रुपैंया अंकित १ करोड ५९ लाखको सेयरबारे जान्नुहोस्

Kumari bank ad

काठमाडौ । सानिमा बैंक लिमिटेडको आइतबार देखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः३ को (१० बराबर ३ कित्ता) अनुपातमा एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रदको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । सानिमाको हकप्रद सेयर जेठ २१ गते सम्म भर्न पाइनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री बिक्री खुला गरेको हो ।

यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३० प्रतिशत बृद्धि हुनेछ । बैंकले केही समयअघि मात्र बागमती डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । हकप्रद सेयर निष्कासन पछि सानिमाको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको यस हकप्रदमा चैत १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सानिमाको यस हकप्रदमा बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरका लागि आवेदकहरुले सिविआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजार काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी, नक्साल काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थापक सेयरधनीहरुको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहीबाट मात्र बुझिलिने ब्यवस्था गरिएको छ ।

दरखास्त फारम बुझाउने क्रममा संस्थापक सेयरधनीहरुले भने आफ्नो आयस्रोत सम्बन्धी सम्पुर्ण विवरण तथा कर चुक्ताको प्रमाणपत्र पनि बुझाउनुपर्नेछ । त्यस्तै हकप्रद सेयर हस्तान्तरण गर्ने सेयरधनीहरुको हकमा भने दरखास्त फारम बैंकको सेयर रजिष्ट्रार कार्यालय सानिमा क्यापिटल लिमिटेडबाट मात्र बुझिने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार १२:२० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...