back
NMB ad

हाईड्रोको १ करोड कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन,कतै छुटाउनुभयो कि ?

Kumari bank ad

काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रद भर्ने आज (बिहीबार) अन्तिम दिन हो । यसआधारमा बिहीबार कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ ।

हाइड्रोले साउन २७ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यसमा साउन ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगंज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगंज र पोखरा शाखबाट पनि फारम भर्न र बुझाउन सकिनेछ । लगानीकर्ताले हकप्रद सेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रोपावरको वेबसाइटबाट डाउनलोड गरेर पनि भर्न सक्नेछन् ।

प्रकाशित मितिः २०७४ भदौ २९

वि.सं.२०७४ भदौ २९ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...