back
NMB ad

कच्चा पदार्थको अभावमा करुवा उद्योग विस्थापित

Kumari bank ad

पाल्पा । पाल्पा जिल्लाकै पहिचान बोकेको हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ ।

कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र सीमित हुनपुगेको छ । कुटिर उद्योग अन्तर्गत पर्ने यो उद्योगले जिल्लाकै पहिचान बनाएको छ । पाल्पाको मुख्य चिनारीकै रुपमा रहेको करुवा उद्योगको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा विस्थापित हुन पुगेको हो ।

करुवा उत्पादनका लागि कच्चा पदार्थको आपूर्ति हुन नसक्दा व्यवसाय नै सङ्कटमा पर्दै गएको छ । काँस, मैन, तामा, कोइला, खोटोलगायतका सामग्री कमै मात्रामा उपलब्ध हुँदै जाँदा विस्तारै उद्योग नै बन्द हुने अवस्था आएको छ । । सदरमुकाम तानसेनको टक्सार टोलभर नै करुवा उद्योग सञ्चालनमा आएका थिए, तर अहिले यहाँका दुई चार घरमा मात्र उद्योग सीमित हुन पुगेको छ ।

यहाँ बसोवास गर्ने पुराना व्यवसायीले उद्योग सञ्चालन गर्न छाडिसकेका छन् । पछिल्लो समयमा कच्चा पदार्थको अभावका कारण धेरै उद्यमीले व्यवसाय नै छाड्दै गएका हुन् । अर्को तर्फ परम्परागत रुपमा सञ्चालित करुवा उत्पादन व्यवसायलाई नयाँ पुस्ताले अवलम्बन नगर्दा व्यवसाय नै हराउँदै गएको हो ।
विगत दश वर्षयता हातले निर्माण गरिएका करुवाका सट्टा मेसिनबाट तयार पारिएका करुवा बजारमा आउन थालेका छन् । देश विदेशमा ख्याति कमाएको पाल्पाली करुवाको सीप र प्रविधि हस्तान्तरण हुने र कच्चा पदार्थ सहजरुपमा उपलब्ध हुने हो भने यो उद्योग विस्थापित हुने अवस्था आउने थिएन ।
१३ जेठ २०७४

वि.सं.२०७४ जेठ १३ शनिवार १७:१३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...