back
NMB ad

एनएमएलाई परिवारवादबाट मुक्त पारेर साझा संस्था बनाउनुपर्छ

Kumari bank ad

यही साउन २१ गते अर्थात् अगष्ट ५ तारिखमा नेपालको पर्वतीय पर्यटनको महत्वपूर्ण संस्था नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचन हुन गईरहेको छ । एनएमए निर्वाचनको मिति नजिकिंदै गर्दा यस क्षेत्रमा तातो बहस चलिरहेको छ । यसै सन्दर्भमा आगामि कार्यकालको नेतृत्वका लागि वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष सन्तबीर लामा अध्यक्षका प्रत्यासी छन् ।

प्रस्तुत छ एनएमएको आगामि कार्यकालका लागि अध्यक्षका प्रत्यासी सन्तबीर लामासँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित संपादीत अंशः

प्रथम उपाध्यक्ष भनेकै वेटिङ प्रेसिडेन्ट हो

नेपाल पर्वतारोहण संघ(एनएमए) अल्पाईनिजहरुको संस्था हो । म विगत १२ वर्षदेखी कार्यसमितिमा रहेर स्वयंसेवी (भोलेन्टियर)को रुपमा कार्यरत छु । २ पटक कार्यसमिति सदस्य,द्धित्तिय उपाध्यक्ष हुँदै हाल प्रथम उपाध्यक्ष छु । नेतृत्वको कार्यशैलीलाई सबैभन्दा नजिकबाट हेर्ने, सहि कदमलाई समर्थन र गलत कदमहरुलाई नियन्त्रण गर्ने भूमिका प्रथम उपाध्यक्षको रहेको हुन्छ । त्यो कार्य मैले सफलतापूर्वक निर्वाह गरें । आउने कार्यकालका लागि अध्यक्षको प्रबल दाबेदारकोरुपमा प्रथम उपाध्यक्षलाई हेरिन्छ । तसर्थ मैले स्वभाविकरुपमा अहिले अध्यक्ष पदमा दाबी गरेको हुँ ।

साँघुरो घेरामा राख्नेको बिरुद्ध एन्एमएलाई साझा संस्था बनाई सबैको हितमा काम गर्नेछु

सन् १९७४ मा सुरु भएको एनएम्एमा विगतदेखि नै माउन्टेन टुरिजम,क्लाईम्बर(आरोही) सबैले हामी सबैको साझा संस्था हो भन्ने हुनुपर्नेमा सिमित व्यक्तिका कारण यसलाई साँघुरो घेरामा राख्ने काम भएको छ । यसैकारण अहिले सबै पर्वतारोहीहरुको हितमा काम हुन सकेको छैन । अग्रजहरुले जुन हिसाबले सोच्नुभएको थियो त्यो अनुरुप एनएमए अगाडि बढ्न सकेको छैन । अब हाम्रो नेतृत्वले सबैको हितमा काम गर्नेछ सबैलाई यहि विश्वास दिलाउन चाहन्छु ।

सिमित व्यक्तिको कब्जाभित्रको संस्थालाइ सबैले अपनत्व ग्रहण गराउने संस्था बनाउने

सिमित व्यक्तिको कब्जाभित्र रहेको संस्थालाई सबैको साझा संस्था बनाउनेछु र सबैले अपनत्व ग्रहण गर्ने संस्था बनाउन नै मेरो उम्मेदवारी परेको हो ।

परम्परागत शैलीले एनएमए चल्दैन,समयक्रमअनुसार विकास गर्नुपर्छ

एनएमलाई २१ औं शताब्दीको पर्यटनमा पनि परम्परागत शैली छ । समयक्रमअनुसार विकास हुन सकेको छैन । समयक्रमअनुसार यसको विकास हुनुपर्दछ । र हाम्रो टिम त्यसमा सक्षम छ ।

एनएमएलाई परिवारवादबाट मुक्त पारेर साझा संस्था बनाउनुपर्छ

३ दशकदेखि एनएमएलाई आफ्नो कब्जामा राख्ने काम यसअघिका नेतृत्वबाट भए । जसले एनएमएको धेरै नेतृत्व लिए उनीहरुले आफ्नो उत्तराधिकारी बनाएर मात्रै पद हस्तान्तरण गरिरहने साह्रै खराब प्रवृति मौलाएर गयो । जो नेतृत्वमा आए उनीहरुले आफ्नै परिवारमा मात्र नेतृत्व हस्तान्तरण गर्ने प्रवृतिको अन्त्य गर्दै एनएम्एलाई साझा संस्थाको रुपमा लैजानु पर्छ भन्ने मेरो मान्यता हो । परिवारवादलाई चिर्दै सम्पूर्ण आरोही र पर्यटन क्षेत्रमा लागेकाको हित, दक्ष जनशक्ति उत्पादन र एनएमएलाई योगदान गर्ने व्यक्तिको सम्मानका लागि साझा उम्मेदवार मै हुँ ।

म संस्थामा एकमात्र विवादरहित व्यक्ति हुँ

म संस्थामा एकमात्र विवादरहित व्यक्ति पनि हुँ । यसक्षेत्रको निरंकुशता परास्त गर्न, दक्ष आरोहीहरु तयार गर्न,सबै आरोहीहरुका समस्या समाधान गर्न, बुद्धिजीवी र सबै नेपालीको साझा संस्था एनएमएलाई बनाउन म लाग्नेछु ।

एनएम्एका पूर्व नेतृत्वले किर्तिमानी आरोहीहरुको पसिनामाथि खेलबाड गर्ने काम गरे

यतिबेला सगरमाथाको चुचुरोमा पुगेका शेर्पा र अरु आरोहीहरुको मर्का बुझ्नुपर्नेछ । विगतका नेतृत्वले किर्तिमानी आरोहीहरुको पसिनामाथि खेलबाड गर्ने काम भएको छ । अब त्यसो हुन दिनुहुन्न । किर्तिमानी आरोहीहरुको सम्मानार्थ म सदैब लागिरहनेछु ।

पूर्व नेतृत्वमा बसेकाहरुले मागिखाने भाँडो बनाएका कारण यसअघि एनएम्एको पिक खोस्ने काम गरिए

पूर्व नेतृत्व गर्नेहरुकै कारण पर्वतारोहण संघलाई विवादमा ल्याउने र पिक खोस्ने काम गरिए । उनीहरुले मागिखाने भाँडो बनाएका कारण नै यसो भएको हो । र पिक खोसिएको कुरालाई विवादमा ल्याएर अहिले धमिलो पानीमा माछा मार्ने काम गर्न सकिन्छ कि भनेर पनि बजारमा अनावश्यक हल्ला फिंजाईएको छ ।

पिक खोस्ने भनेर जुन अनावश्यक हल्ला फिंजाईएका छन्,हल्लाको पछाडि नलाग्न आग्रह

पिक खोस्ने कामको भनेर जुन अनावश्यक हल्ला फिंजाईएको छ । यी भ्रामक हल्लाहरु हुन् । यस्ता भ्रामक हल्लाको पछि नलाग्न पनि म सबैसामु अनुरोध गर्दछु ।

एनएमएमा आफू भए ठिक अरु भए बेठिक भन्ने प्रवृतिको अन्त्य गराउनुपर्नेछ

यतिबेला एनएमएमा आफू भए ठिक अरु भए बेठिक भन्ने प्रवृतिको अन्त्य गराउनुपर्नेछ । जो यसो भन्छन् तिनीहरुका बिरुद्ध हामी सजग हुनुपर्नेछ ।

हिजो खोसिएको पिक मै कार्यबाहक अध्यक्ष हुँदा मेरो नेतृत्वको टिमले फिर्ता लिएको हो

म दाबाका साथ भन्छु,जुन पूर्ववतरुपमा खोसिएको पिक मेरो नेतृत्वमा रहेको टिमले फिर्ता लिएको हो । हिजो खोसिएको पिक मै कार्यबाहक अध्यक्ष हुँदा मेरो नेतृत्वको टिमले फिर्ता लिएको हो । कसैले एनएमएको पिक खोस्ने काम गर्न सक्दैन ।

सबैको साथ भएका कारण मेरो जीत निश्चित भईसकेको छ

मेरो जीत निश्चित छ । मलाई शेर्पा र अन्य आरोहीहरु, गाईड,पिक सेल्स गर्ने ट्रेकिङ कम्पनीहरु(एजेन्सीहरु),साधारण सदस्यहरु,व्यवसायीक क्षेत्रका प्रभुत्व व्यक्तित्वहरु,मजदुर संस्थाका मित्रहरु सबैको साथ र समर्थन छ । यसैका आधारमा नै मेरो जीत निश्चित भईसकेको छ ।

जुन प्रतिबद्धता हुन्छ त्यो कार्यान्वयन भएन भने साधारण सदस्यले कारबाही गर्नसक्नुहुनेछ

म कुरालाई भन्दापनि कामलाई प्राथमिकता दिने मान्छे भएकाले कामलाई प्राथमिकता दिएर अगाडि बढ्नेछु । मेरो उम्मेदवार टिम मैदानमा छ । मेटो टिमले जुन प्रतिबद्धता गर्छ त्यो कार्यान्वयन भएन भने साधारण सदस्यले मलाई कारबाही गर्नसक्नुहुनेछ ।

मैले बोलेको काम गरिन भने एकदिन पनि कुर्सीमा बस्दिन

म साधारण सदस्यलाई यो काराबाहीको अधिकार दिन चाहन्छु कि मैले बोलेको काम गरिन भने एकदिन पनि म कुर्सीमा बस्दिन । फेरीपनि दोहोर्याएर भन्छु कारबाही गर्ने अधिकार तपाईले पाउनुहुनेछ । सबै पर्वतीय पर्यटनमा लाग्नुभएकाहरुलाई यो आग्रह गर्दछु कि एनएमएमा फैलिरहेको परिवारवाद हटाएर सबैको साझा संस्था बनाउन तपाई हामी सबै लाग्नुपर्नेछ । पर्वतीय पर्यटनलाई एकलौटी कब्जा गर्नेहरुका बिरुद्ध हामी सबै लाग्नुपर्छ र यसको संरक्षणमा समर्थन गर्न म सबैलाई आग्रह गर्दछु ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार १०:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...