back
NMB ad

गुल्मीमा सराय नाचले बडादशैको रौनक बेग्लै

Kumari bank ad

गुल्मी, २८ असोज । गुल्मीमा बडादसैँको अवसरमा टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न कोटघर, शक्तिपीठ, तथा मठमन्दिर लगायतका विभिन्न स्थानमा सराय नाच खेल्ने गरिन्छ ।

असत्यमाथि सत्य र विजयको खुसियालीस्वरुप बडो हर्षोल्लासका साथ नाचिने सराय नाचले बडादसैँको महत्वलाई थप बलियो बनाएको पाइन्छ । परम्परागत रुपमा नाचिने सराय नाचलाई विजयको प्रतीकका रुपमा लिने गरिन्छ ।

सराय नाचबारेमा छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौँदीअमराईका इतिहास लेखक वीरबहादुर जिसीले बडादसँैको पर्वसँग जोडिएको सराय नाचको आफ्नै मौलिकता र धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताए । जिसीले भन्नुभयो–“यस्ता धार्मिक तथा सांस्कृतिक पर्वलाई पर्यटनसँग जोडेर आर्थिक लाभ लिन समेत सकिन्छ ।”

यस्तै, अर्का समाजसेवी दीननाथ पौडेलले सराय नाच हाम्रो इतिहास भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा युवापुस्ताले चासो दिनुपर्ने भन्दै यस्ता संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

विशेषगरी गुल्मी, अर्घाखाँची, बागलुङ, पाल्पा लगायतका जिल्लामा प्रचलित रहेको सराय नाचमा पञ्चेबाजाको मालश्री धूनसँगै निधारभरि टीका र घाँटीभरि जमराको माला लगाई हातमा आ–आफ्ना साङ्केतिक हतियार लिई छुट्टै वेशभूषामा सजिएर सराय नाच नाच्ने प्रचलन रहेको छ ।

जिल्लाका पाँैदीअमराई, मुसिकोटको कोटदरबार, इश्माअर्जे, अम्मरपुर लगायतका विभिन्न स्थानमा परम्परागत रुपमा सराय नाच नाच्ने प्रचलन रहेको छ । दसैँको अवसरमा खेलिने सराय नाचले पर्वसँग कलासंस्कृति र परम्परालाई झल्काएको पाइन्छ ।

साथमा सरायले टाढाटाढा रहेका आफन्त तथा साथीसँगी सबैलाई एकै ठाउँमा भेला गराई आपसी सद्भाव मेलमिलाप तथा भ्रातृत्वको सम्बन्ध स्थापित गर्दै आपसमा सुखदुःखका भावना साटासाट र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने कडीका रुपमा सराय नाचले मद्दत पु¥याएको छ ।

(कौरब खत्री रासस)

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:१७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...