back
NMB ad

रुपको कुमारी, कामको कमारी !

Kumari bank ad

हरिशरण न्यौपाने

सीप भएमा कहिल्यै दुःख पाईन्न भन्ने मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने हिम्मतवाली चेलीको नाम हो सरिता लामा । २०३८ सालमा रामेछाप जिल्ला डडुवा–१ मा जन्मिएकी लामा २०४० सालदेखि काठमाडौमा बस्दै आएकी हुन् । उनी २ वर्षको छँदा सम्पूर्ण परिवार काठमाडौ बसाई सरेपछि उनको बाल्यकाल काठमाडौमै बित्यो । मदन मेमोरियल गल्र्स हाईस्कूल पुल्चोकबाट उच्च शिक्षासम्मको अध्ययन गरेकी लामाले २०४६ सालको जनआन्दोलनलाई नजिकैबाट नियाल्ने अवसर पनि पाईन् । उनका बुबा राजनीतिज्ञ थिए । तापनि राजनीति भनेको के हो भन्ने बारे लामालाई थाहा थिएन । आन्दोलनकाक्रममा मानिसहरुमा त्रास, कर्फ्यु, आर्मी फौजको ओहोरदोहोर, पसलहरु बन्द गरेर बस्नुपर्ने, झ्याल ढोका थुनेर बस्नुपर्ने लगायतका दृष्यले लामालाई सामान्य राजनीतिका कुरामा ज्ञान भयो ।

गोबर सोहोर्ने काम गरिन होला तर दुःख झेलेको छु

छोरीहरुलाई शिप सिकाइदियो भने कहिल्यै दुःख पाउँदैनन् भन्ने बुबाको प्रेरणाले उनी आफ्नो जीवनमा अगाडि बढिरहिन् । त्यसपछि बुबाकै सल्लाहअनुसार लामा दोलखा मल्टिपल सेन्टर चरिकोट, दोलखामा सिएमको तालिमका लागि गईन् । सिएमए दिएपछि उनी अपेक्षा नेपाल भन्ने गैरसरकारी संस्थामा आबद्ध भईन् । सामाजिक परिचालकको रुपमा काठमाडौ, ललितपुरमा तथ्याँक संकलन गर्ने कार्य गर्न थालिन् । एक÷डेड घण्टाको बाटो पैदल हिंडेर उनले दैनिक तथ्याँक संकलन गर्नुपर्दथ्यो । दुःख भएतापनि काम सिकिन्छ, मानिसहरु चिनिन्छ भनेर लामा गाउँ गाउँसम्म पुगेर तथ्याँक संकलन गर्दथिन् ।

गाउँको छोटो बसाईका कारण गाउँको दुःख नभोगे पनि लामाले शहर बस्दा भोग्नुपर्ने सबै दुःख बाल्यकालमै भोगिन् । उनी भन्छिन्, “मानिस भएर जन्मेपछि जीवनमा संघर्ष गर्नैपर्छ । मैले गाउँमा बसेर गाई भैसीको गोबर सोहर्ने, भैसी दुहुने काम गरिन होला, तर शहरको दुःख झेलेको छु । घरको आम्दानीको लागि मैले १३ वर्षदेखि नै काम गर्दथें ।”

आमाले हरहिसाब पनि नजान्ने र बुबा राजनीतिज्ञ पार्टीको काममा जानुपर्ने कारण पनि उनले आफ्नो गार्मेन्टका कामदारलाई पैसा दिने, रासन, तरकारी, नुनदेखि सुनसम्म किन्ने काम गर्दथिन् । यो पनि उनको लागि जीवनको सिकाईको चरण नै थियो ।

उनी १३ वर्षदेखि नै आफुलाई चाहिने खर्च आफ्नै मेहनतत्राट जम्मा गर्दथिन् । रुमाल, झोला बुनेर नै उनले आफुलाई खर्च पुर्याउँथिन् । उनको बुबाले भनेको रुपको कुमारी, सीपको कमारी अर्थात् कामको कमारी बन्नुपर्छ भन्ने पहिल्यै देखि मनमा परेको हुँदा लामाले शिप सिकेर कहिपनि भोको रहिनन् । कसैसँग २ पैसा पनि मागिनन् ।

समयक्रमसँगै कम्युनिटी एक्सन नेपाल भन्ने गैर सरकारी संस्थाका माध्यमबाट नर्स बनेर सोलुखुम्बु गएर काम थालिन् । उनी पहिलोपटक हवाईजहाज चढेर फाप्लु गईन् । नर्सको पहिलो नियुक्ति लिएर सोलुको मेराङ्दी घुन्सा स्वास्थ्य चौकीमा काम थालिन् । सरकारसँगको समन्वयमा उनले स्वास्थ्य चौकीमा रहेर काम गर्दिथिन् । २०५८ सालमा कामको शीलशीलामा उनले मकालुदेखि गोरखासम्म घुम्ने र गाउँ गाउँको अध्ययन गर्ने मौका पाइन् ।

नर्सिङ पेशाले पर्यटनमा ल्यायो

सोलुखुम्बु, मकालु, नुवाकोट, गोसाईकुण्ड, मेलम्चीको हेलम्बु, गोरखाको मनास्लु लगायत क्षेत्रमा उनले नर्स भएर काम गरिन् । लामाले जुन–जुन ठाउँमा नर्स भएर काम गरिन् ती सबै पर्यटकीय स्थल नै थिए ।

सात दिन हिंडेर स्वास्थ्य चौकीमा काम

गोरखा बजारबाट सात दिन पैदल हिंडेर उनले स्थानीय स्वाथ्य चौकीमा गएर काम गरिन् । त्यो दिन साह्रै कठिन थियो । तर ती कठिन दिनलाई उनले जीवनमा एक सिक्ने अवसरकारुपमा लिइन् । जनजाती तामाङ लगायतको बस्तीमा पुग्दा उनलाई हेर्नेको ताँती नै लाग्दथ्यो । तामाङनी (भोटिनी) पनि नर्स बनेर स्वास्थ्यचौकीमा आएकी छिन् रे भन्दै ३/४ घण्टा हिंडेर भेट्न आउनेहरुको न्यानो स्वागतले सरितालाई छुट्टै आनन्द लाग्थ्यो । यतिसम्म कि त्यस क्षेत्रमा मानिसहरुले नेपाली भाषा नबुझ्ने कारण लामाले स्थानीय भाषा सिकेर नै स्वास्थ्य चौकीमा काम गर्न जानु परेको थियो ।

यता सरिता सात दिन हिंडेर द्वन्दकालमा गाउँलेको सेवा गर्न हिंडेको देख्दा सबैले किन यसरी हिंडेको भनेर घर परिवारमा दबाब समेत दिने गरेका थिए । तर यी सबै विषय जीवनमा उकाली ओराली हुन भन्दै उनले जीवनलाई दुर्गमबाट सिक्ने प्रण गरेर अगाडि बढिरहिन् । उनी भन्छिन्, “सुखभन्दा पनि दुःखले गईयो, केहि सिक्नका लागि त्यस स्थानसम्म गईयो ।”

साँच्चै पर्यटनमा कहिलेदेखि ?

सन् २००९ मा दशै तिहारको बिदा भएको बेला एभरेष्ट बेसक्याम्पमा च्यारिटी आउँदैछ, पोर्टर सेल्टरमा जाने भन्ने कुरा आयो । त्यहाँ मेडिकल स्टाफ चाहियो । जसलाई हाई एल्टीच्युड भन्ने थाहा हुनुपर्ने थियो । त्यसपछि लामाले म जान्छु भनेर ट्रेकिङमा नर्स भएर गईन् । त्यतिबेला उनको सहयोगले बिदेशीहरु धेरै खुसी भए । उनीहरुसँगको सम्बन्ध बढ्यो । लामो समयको स्वयंसेवा सँगै उनी पर्यटनमा आईन् । लामाले २/४ वटा स्वास्थ्य चौकी निर्माणमा सहयोग पनि गरेकी छिन् । विस्तारै पर्यटनका क्षेत्रमा अगाडि बढेकी उनले मल्ल ट्रेक्सका दुर्गा भण्डारीको सल्लाह र उत्प्रेरणामा लामाले सन् २०११ मा अफ द वल्र्ड ट्रेकिङ कम्पनी खोलिन् ।

मुसुक्क हाँसेन भनेनि प्रोब्लम, मुसुक्क हाँस्यो भने पनि प्रोब्लम

सरिता भन्छिन्, “नर्स मुसुक्क हाँसेन भनेनि प्रोब्लम, मुसुक्क हाँस्यो भने पनि प्रोब्लम । के भन्नु । पर्यटनमा पनि फ्रेन्ड्ली हुनुपर्छ । नर्सिङमा निश्चित प्रक्रिया (शिष्टम) मा चल्नुपर्ने पर्यटनमा नयाँ–नयाँ कुरा सिक्न पाईने हुँदा पनि आकर्षण पर्यटनमा रह्यो ।”

टानमा रहेर पर्यटनका संस्थाबीचको सम्बन्धमा सुधार

पहिलेदेखि नै पर्यटनमा केहि समस्या पर्दा समस्या समाधान गर्ने संस्था ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) हो भन्ने उनलाई परिरहन्थ्यो । र उनी टानमा आइन् । कम्पनी स्थापनामा सहयोग गर्ने दुर्गा भण्डारीको हौसलाले उनी टानको केन्द्रीय समिति सदस्य बनेकी छन् । हाल उनी टान अन्तरसम्बन्ध समितिको संयोजक छिन् । उनी भन्छिन्, “गरिएको प्रतिबद्धता अनुरुप सचिवालय चुस्त दुरुस्त पार्छाैं भनेको थियौं । सचिवालयमा काम गर्न नसक्नेले छाड्नुभयो । रहनेलाई उत्प्रेरित गरेका छौं । अब सचिवालय चुस्त बन्नेछ ।”

“टान लगायत नाट्टा, हान, एनएमए, पर्यटन बोर्ड लगायत सम्बन्धित संघसँस्थाहरु बीचको सम्बन्ध सुमधुर पार्दै पर्यटनमा एकता कायम गरेर अगाडि बढ्ने कोशिस भईरहेको छ । परिवार, व्यवसाय र सामाजिक कार्यलाई मिलाएर एकसाथ टानको कार्य गर्दा आफुलाई सामाजिक कार्यमा सहजै रहेको छ । टानमा सदस्य भएर सकेसम्म सिक्ने र व्यवसायीका समस्यालाई समाधान गर्ने काम गर्नेछु ।” उनी भन्छिन् ।

महिलालाई आरक्षण चाहिन्न

उनी भन्छिन्, “महिलालाई आरक्षण होईन जीन्दगी डोर्याउन बाटो देखाउने काम हुनुपर्छ । सीप भएपछि महिला आफैंले काम गर्नसक्छन् । उनीहरुलाइ सीप सिकाउँ । आफ्नो काम आफैं गरौं । पुरुषलाई दोष दिएर निरिह बन्नु भएन । मलाई पर्यटनमा केहि भयो भने साडीको फल्स हालेर पनि बिहान बेलुकाको छाक टार्न सक्छु भन्ने हिम्मत छ । तपाई पनि हिम्मत बटुल्नुस् ।”

प्रकाशित मिति : २०७३ भदौ ११

वि.सं.२०७३ भदौ ११ शनिवार १९:०१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...