Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

बैंकको सेयर छ ? १५.४२% बोनस पाउने हुनुभो !

October 29, 2017

Bonus bonus

नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५.४२ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरिएको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ । बैंकले प्रस्तावित बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।nepal sbi bank bonus

प्रस्तावित बोनस राष्ट्र बैंकबाट पारित भई साधारण सभाले अनुमोदन गर्नु पर्नेछ । तत्पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैंया नाघ्नेछ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मितिः २०७४ कार्तिक १२

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु