back
NMB ad

११ गतेसम्म मात्र भर्न मिल्ने बैंकको १०० रुपैंया अंकित १ अर्ब ९९ करोडको सेयरमा आवेदन दिईहाल्नुस् !

Kumari bank ad

काठमाडौ। नेपाल एसबिआई बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । असार ११ गतेसम्म निष्काशन खुला हुने हकप्रद सेयरमा वैशाख २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

नेपाल एसबिआई बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ९९ करोड १९ लाख ४२ हजार तीन सय ६० रुपैयाँ बराबरको एक करोड ९९ लाख १९ हजार चार सय २३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा नेपाल एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन दिन सकिनेछ ।

गतवर्षको मुनाफाबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस वितरण गरेको बैंकले केही समय अगाडि एफपिओ निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । हाल बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९७ करोड १७ लाख ९८ हजार रुपैयाँ पुग्नेछ । बैंकको संस्थापक सेयर ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार ११:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...