काठमाडौ । नेपाल स्टक एक्सचेन्जले मंगलबार नेपाल एसबीआइ बैंकको मूल्य समायोजन गरेको छ । एसबीआइको ४० प्रतिशत हकप्रदमा मूल्य समायोज गरेर प्रतिकित्ता १ हजार २९ रुपैयाँ तोकिएको छ ।
एसबीआइको औसत आधार मूल्य भने १ हजार ५० रुपैयाँ छ ।
हकप्रद समायोजनपछि मंगलबार प्रतिकित्ता १ हजार २९ रुपैयाँमा बैंकको सेयर कारोबार खुलेको छ ।
प्रकाशित मितिः २०७४ बैशाख २६
वि.सं.२०७४ वैशाख २६ मंगलवार १२:०४ मा प्रकाशित