back
NMB ad

सिद्धार्थको पहिलो स्किम परिपक्क, शेयर नै हो त सामुहिक लगानी ?

Kumari bank ad

सिद्धार्थ क्यापिटलले पाँच वर्षको अवधि राखेर सार्वजनिक गरेको ५० करोड रुपैयाँको बन्दमुखी सामुहिक योजनाको बारोबार बन्द भएको छ । स्किम परिपक्क भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसको कारोबार बन्द गरेको छ। सिद्धार्थ क्यापिटलले पाँच वर्षको अवधि राखेर ५० करोड रुपैयाँको बन्दमुखी सामुहिक योजना सार्वजनिक गरेको थियो।

सामुहिक लगानी कोष नियमावली २०६७ जारी भएपछि आएको पहिलो सामुहिक लगानी कोष अन्तर्गत सिद्धार्थ क्यापिटलले निष्कासन गरेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम योजना आइतबार परिपक्व भएको छ।

१० रुपैयाँ प्रति इकाईका दरले ५० करोड रुपैयाँ बराबरको सामुहिक योजना निष्कासन गरिएको थियो। पाँच बर्षको अवधिमा स्किमले कुल १२५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । १० रुपैयाँ प्रति एकाईका दरले खरिद गरेका एकाईधनीलाई कम्तिमा २१ रुपैयाँ दरले फिर्ता गर्ने लक्ष्य हो, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकरी अधिकृत ध्रुबकुमार तिमल्सिनाले भने।

अबको एकदुई महिना भित्रै लगानी फिर्ता गरिने उनले जानकारी दिए। ‘हामीसँग अहिले ९८ करोड रुपैयाँ नगद छ, जसमध्ये १०र१२ करोड रुपैयाँको शेयरलाई अझै नगदमा परिवर्तन गर्न बाँकी छ’ उनले भने।

वि.सं.२०७४ पुस ९ आइतवार १४:२६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...