back
NMB ad

सामुदायिक विद्यालयका लागि समुदायबाटै रु एक करोड संकलन

Kumari bank ad

म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रु एक करोड जुटाएका छन् । मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियानमार्फत सो रकम जुटेको हो ।

विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रु एक करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए । २०७३ वैशाख ६ गतेदेखि शुरु भएको अभियानको २०७४ असोज १७ गते विशेष समारोहको आयोजना गरी समापन गरिएको थियो । स्थानीयवासी, विश्वका विभिन्न देश र नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने देवीस्थान बासी, पूर्व विद्यार्थी, छिमेकी गाउँका बासिन्दा र म्याग्देलीबाट सो सहयोग जुटेको हो ।
सो रकम खर्च कटाएर अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राविधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मूल संयोजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनले बताए ।

‘देवीस्थानवासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित अभियानमा देवीस्थान घर भई हाल काठमाडौँ निवासी बेलायती गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन जीतबहादुर घर्तीले सबैभन्दा बढी रु २० लाख सहयोग गरेका छन् ।
देवीस्थान समाज, काठमाडौँले समेत अभियान सफल बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ । रु दश हजारभन्दा बढी सहयोग गर्नेको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने भएको छ । अभियानको समापन गरिए पनि शिलालेख स्थापना नहुँदासम्म इच्छुकले चन्दा दिन सक्ने विद्यालयले जनाएको छ ।

हाल कक्षा दशसम्मको पठनपाठन हुने सो विद्यालयमा २५६ जना विद्यार्थी अध्ययनरत छन् । देवीस्थानका विद्यार्थी एसइई तह उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न गाउँ छाडेर दरवाङ, ताकम, सदरमुकाम बेनी र जिल्ला बाहिर जाने गरेका छन् । गाउँमै उच्च शिक्षाको व्यवस्था भएमा गरिब, विपन्न समुदायका विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मितिः २०७४ असोज २०

वि.सं.२०७४ असोज २० शुक्रवार १२:५३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...