back
NMB ad

विद्यालयको भवन निर्माणका लागि १ करोडभन्दा बढी सहयोग

Kumari bank ad

म्याग्दी ।  बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ ।

तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए ।

पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।

भवन निर्माणका लागि हङकङबाट रु १७ लाख, अमेरिकाबाट रु १० लाख २५ हजार, स्पेनबाट रु दश लाख, साविकको भकिम्ली गाविसबाट रु दश लाख सहयोग प्राप्त भएको छ ।

व्यक्तिगत रुपमा समेत रु दुई हजारदेखि रु पाँच लाख सहयोग प्राप्त भएको आर्थिक सहयोग समितिले जनाएको छ ।

स्थानीय बासिन्दाले अन्नबाली बेचेर पनि विद्यालय निर्मार्ण गर्न सहयोग गरेका छन् । भौतिक पूर्वाधारको अभावमा विद्यालयको शैक्षिक गुणस्तरमासमेत असर परेको थियो ।

रु तीन करोड लागत अनुमान गरिएको सो भवनमा स्थानीयवासीले आफ्नो घरायसी र खेतबारीको कामसमेत छाडेर निरन्तर श्रमदान समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए ।

भवन निर्माणसँगै उच्च शिक्षाका लागि आवश्यकपर्ने पूर्वाधार विस्तार गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा दश कोठे पहिलो तला भवनको ढलान सकिएको छ । हालसम्म रु एक करोड ५० लाख खर्च भएको छ । करिब रु ५० लाख ऋण लिएर भवनको कामलाई तीव्रता दिइएको अध्यक्ष पुनले बताए ।

उक्त भवनमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने योजना छ । निर्माणाधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग पनि प्राप्त भएको छ ।

कक्षा दशसम्म पठनपाठन हुने उक्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् । रासस
प्रकाशित मितिः २०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १४:५० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...