back
NMB ad

सेयर किनबेच नखुलाउने कम्पनीलाई धितोपत्रको कारबाही सुरु

Kumari bank ad

काठमाडौ । मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो अबधिसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यसै क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर किनबेच किन नखुलाएको भन्दै पत्र काटेको छ ।

असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुधबार तीन दिने प्रष्टिकरण सोधेको बताएको छ।

यति लामो समय पनि किन कारोबार नखुलाएको हो कारण सहित तीन दिन भित्र जवाफ दिन कम्पनीलाई लेखि पठाएको वोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।

बोर्डले केहि समय अघि एक नीतिगत निर्देशन जारी गर्दै मर्जरमा गएका कम्पनीले एकिकृत कारोबार सुरु गरेको १५ दिन भित्र सेयर किनबेच खुलाइ सक्नु पर्ने बताएको थियो। गोर्खाजले त्यो निर्देशनलाई समेत वेवास्ता गरेको बोर्डले जनाएको छ ।

फाइनान्सले गत २८ चैतबाट एकिकृत कारोबार सुरु गरेको थियो।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १५:४२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...