back
NMB ad

करोडौं लगानीमा बिउ उत्पादन कारखाना निर्माण !

Kumari bank ad

रुपन्देही । करोडौं लगानीमा रुपन्देहीमा बिउ उत्पादन र भण्डारगृह निर्माण भएको छ । खाद्यान्न उत्पादनमा आत्मनिर्भर रहेको रुपन्देहीले धान, गहुँ, मकै, दलहन बस्तुको विउ उत्पादन र भण्डारणमा ठूलो लगानी गरेको छ । पछिल्लो समय सरकारी, सहकारी र निजी क्षेत्रबाट बिउ भण्डारण केन्द्र स्थापना गरिएको छ ।

सरकारको सिंचाई तथा जलस्रोत परियोजना अन्तर्गत मोतिपुरमा करिब तीन करोड लगानीमा बिउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष ज्ञानेश्वर आचार्यका अनुसार करिब १० कट्हा क्षेत्रफलमा ८० प्रतिशत विश्व बैंकको ऋण अनुदानमा सरकारको लगानी छ । अन्य २० प्रतिशत लगानी कृषि सहकारी संस्थाले गरेको छ ।

खाद्यान्न वाहेक तरकारी, तोरी, केराउ, चना, मुगी, मास, सूर्यमुखि, रहर, मसलावाली आदिको बिउ भने बाहिरबाट आयात गर्नु परेको छ । ‘बिउ प्रशोधन केन्द्रले रुपन्देहीलाई बिउमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ, त्यसैअनुसार काम गरिरहेका छौं’, आचार्यले भने । प्रशोधन केन्द्रले प्रतिघण्टा दुई मेट्रिक टन बिउ प्रशोधन गर्न सक्ने क्षमता छ । किसानका लागि उन्नत बिउबिजन कार्यक्रम परियोजना प्रमुख लक्ष्मण पौडेलले किसानलाई उन्नत बिउ प्रयोग गर्ने बानी विकास गराउनका लागि प्रशोधन केन्द्र आवश्यक हुने बताए । ‘भण्डार केन्द्रको स्थापनाले किसानलाई सहज हुन्छ,’ उनले भने ।

जिल्लामा वार्षिक ४० करोडको बिउबिजनको कारोबार हुँदै आएको छ । जिल्लालाई बिउमा समेत आत्मनिर्भर बनाउने योजना रहेको कृषि बिकास कार्यालयले जनाएको छ । धान र गहुँमा भने करिब जिल्ला आत्मनिर्भर छ । जिल्लामा २७ वटा बिउ उत्पादक संस्था छन् । ति मध्ये निजी बिउ बिजन कम्पनी चारवटा सञ्चालनमा छन् ।

कृषि सहकारीमार्फत २३ वटा संस्थाले बिउ बिजन उत्पादन गर्दै आएका छन् । सरकारी क्षेत्रबाट एउटा कम्पनी सञ्चालनमा छ । गत बर्ष रुपन्देहीको मोतिपुरमा नेपालकै नमुना बिउ प्रशोधन उत्पादन तथा भण्डारण केन्द्र स्थापना भएको छ । सिम्रिक कृषि सहकारी संस्थाले फर्म स्थापना गरी सञ्चालनमा ल्याएको हो । जिल्लामा आठवटा कम्पनी तथा संस्थाले बिउ प्रशोधन गर्दैआएका छन् । यसबाट रुपन्देहीमा २० मेट्रिक टन प्रति घण्टा बिउ प्रशोधन गर्न सकिन्छ ।

जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाका अनुसार गत आर्थिक बर्ष रुपन्देहीमा उन्नत बिउका रुपमा धान दुई हजार एक सय मेट्रिक टन उत्पादन गरी बिक्री वितरण गरिएको थियो । यस्तै गहुँको बिउ दुई हजार पाँच सय मेट्रिक टन उत्पादन भई निर्यातसमेत भएको थियो । दलहन वालीमा मुसुरो चार मेट्रिक टन उत्पादन भएको थियो । नेपालमा उत्पादन हुने करिब ७० प्रतिशत बिउ निजी क्षेत्रबाट उत्पादन हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार गत आर्थिक बर्ष गहुँको बिउ एक हजार दुई सय मेट्रिक टन र करिब दुई सय मेट्रिक टन धानको बिउ जिल्ला बाहिर बेच बिख भएको थियो । रुपन्देहीले वार्षिक ३५ करोडको बिउबिजनको कारोबार गर्ने गरेको छ । सापकोटा भन्छन् । ,‘जिल्लाभित्र तथा अन्य जिल्लाबाट उन्नत बिउको माग बढ्दो छ ।’ उनले गहुँ र धानको राधा ४ को बिउ छिमेकी भारतीय क्षेत्रमा समेत उच्च माग रहेको बताए ।

खाद्यान्न वाहेक तरकारी, तोरी, केराउ, चना, मुगी, मास, सूर्यमुखि, रहर, मसलावाली आदिको बिउ भने बाहिरबाट आयात गर्नु परेको छ । रुपन्देहीमा करिब ४० प्रतिशत क्षेत्रफलमा धानको विभिन्न भारतीय तथा चाइनिज हाइब्रिड जातको प्रयोग हुँदै आएको छ । गहुँको हाइब्रिड जातको प्रयोग नभई खुल्ला सेचित जातमा आत्मनिर्भर हुनु परेको छ ।

यस्तै मुसुरो हालसम्म हाइब्रिडको प्रयोग हुन सकेको छैंन् । मकैको बिउमा रुपन्देही जिल्लामा करिब ३० प्रतिशत क्षेत्रमा बहुराष्ट्रिय कम्पनी तथा भारतीय हाइब्रिड जातको प्रयोग हुँदै आएको छ । तोरीको बिउमा करिब २० प्रतिशत क्षेत्रमा भारतीय उन्नत र हाइब्रिड जातको प्रयोग भएको छ भने तरकारीमा ९५ प्रतिशत विभिन्न भारतीय र चाइनिज वहुराष्ट्रिय कम्पनीको उन्नत तथा हाइब्रिड जातको वाहुल्यता छ ।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ जेठ ३

वि.सं.२०७४ जेठ ३ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...