back
NMB ad

बैशाख १५ देखि अनिवार्य सेट अप बक्स बारे के थाहा छ तपाईलाई ?

Kumari bank ad

काठमाण्डौं । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । मन्त्रालयले हाल एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको हो ।

यस्तै सो बाहेकका अन्य उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा पनि २०७४ कार्तिक १५ गतेसम्म र बाँकी रहेका सबै क्षेत्रमा २०७५ बैशाख १५ गतेसम्म डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्न लागिएको हो ।

सरकारको यो निर्णयसँगै परम्परागत किसिमको न्यून गुणस्तरिय सेवा पाइरहेका सेवाग्राहीले अब डिजिटल प्रणालीको टेलिभिजन सेवा पाउने भएका छन् । नेपाल अन्तराष्ट्रिय दूरसञ्चार यूनियनको सदस्य राष्ट्र भएकाले यसको निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो । आइटियुले विश्वभर एनालग टिभीको सट्टामा डिजिटल टिभी कार्यन्वयन गर्न सदस्य राष्ट्रहरुसमक्ष आह्वान गरिसकेको छ । सोही निर्णय अनुसार नेपालले पनि डिजिटलाइजेशन नीति अवलम्बन गरेको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले बताए ।

सरकारले नेपालमा एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्ने व्यवस्था राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा गरेकोे छ । सोही व्यवस्था अन्तर्गत तोकिएका क्षेत्रहरूमा एनालग सिग्नल पूर्ण रूपमा प्रतिबिन्धत र गैरकानुनी हुनेछ । यो सँगै परम्परागत प्रविधिमा टेलिभिजन सिग्नल हेरिरहेका दर्शकले गुणस्तरिय किसिमको डिजिटल सेवा पाउने भएका छन् भने सरकारको राजस्वमा समेत वृद्धि हुने देखिएको छ ।

अहिले केबल अपरेटरहरूले भ्याट विल बितरण नगर्ने, ग्राहक संख्या थोरै देखाउने र भारतीय डि।टि।एच। मार्फत् सिग्नल डाउनलोड गरी वितरण गर्ने कार्य पूर्ण रूपमा रोकिने अपेक्षा गरिएको छ । नेपालमा ५० लाख जनसंख्याले परम्परागत किसिमको केबल मार्फत् टेलिभिजन हेर्दै आएको तथ्यांक छ । अधिकांश कम्पनीले औषतमा मासिक तीन सय रूपैयाँको औषतमा ग्राहकबाट शुल्क लिँदै आएका छन् । यो तथ्यांक केलाउँदा एक महिनामा केबल टेलिभिजनको बजार डेढ अर्बको हुने देखिन्छ भने एक वर्षमा करिब १८ अर्बको कारोबार हुने देखिन्छ ।

यसै तथ्यांकलाई हेर्दा सरकारको राजस्व करिब २३ करोडको हाराहारिमा हुनुपर्ने भए पनि त्यस्तो भएको छैन । सरकारी तथ्यांक हेर्दा अहिलेको राजस्व संकलन ज्यादै न्युन भएको अवस्थामा केबल सेवा डिजिटलाईजेशन हुँदा ग्राहक र सरकारलाई फाइदा हुने देखिन्छ भने केबल व्यवसायीले पनि गुणस्तरिय सेवा दिन सक्नुका साथै कारोबार पारदर्शी हुने देखिन्छ ।

टेलिभिजनको इतिहाँसमा पहिलो प्रविधि एनालगमा श्रव्य र दृष्य सामग्रीलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाउने प्रक्रिया हुन्छ । यसको कमजोर पक्ष भनेकै एकतर्फी हुनु हो । यसमा पिक्चर क्वालिटी र साउन्ड कम गुणस्तरको हुन्छ । सन् १९५० को दशकमा सुरु भएको यो प्रविधि गुणस्तरहीन भएकै कारण विश्वका विकसित देशहरुबाट लोप भइसकेको छ भने विकासोन्मुख देशहरुमा पनि लोप हुने क्रममा छ ।

यता डिजिटल प्रविधिमा अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल दिने भएकाले यो प्रविधिमा सेवाग्राहीले सफा पिक्चर र गुणस्तरीय ध्वनीमा टिभी हेर्न पाउँछन् । यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ, त्यो पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा । समान्य टेलिभिजनमा समेत गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न पाउनु नै यसको सबैभन्दा ठुलो विशेषता हो । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ ।

सरकारले बैशाख १५ गतेदेखि डिजिटलमा जान बाध्यकारी नियम ल्याएपनि यसअघि नै करिब आधादर्जन कम्पनीहरूले नेपालमा डिजिटल टेलिभिजन सेवा दिइरहेका छन् । डिस मिडिया नेटवर्कको ‘डिसहोम’, सिम्पल मिडिया नेटवर्कको ‘सिमटिभि’, सुविसु केवल नेटवर्कको ‘क्लियर टिभी’ जस्ता कम्पनीले डिजिटल प्रविधिबाट सेवा प्रदान गरिरहेका छन् । यी कम्पनीमध्ये सबैभन्दा धेरै ग्राहक संख्या भएको तथा उच्चतम प्रविधि प्रयोग गरेको कम्पनी डिसहोम हो । डिसहोमका अनुसार डिसहोमका लाखौं ग्राहक नेपालमा रहेको र ग्राहक संख्या बढ्ने क्रम तिब्र रहेको छ । उसले आगामी दिनमा आफ्नो सेवालाई अझै परिष्कृत गर्दै लैजाने बताएको छ ।

सामान्य अवस्थामा एनालग प्रविधि भन्दा डिजिटल प्रविधि महंगो छैन । डिजिटल प्रविधिमा धेरै सुविधा हुने हुँदा सबै सुविधा लिँदा केही मूल्य बढी पर्ने मात्र हो । अहिले केबल अपरेटर र डिजिटल सेवा दिएका कम्पनीहरूको मूल्यमा खासै अन्तर नपर्ने सेवाप्रदायकको भनाई छ । केबल अपरेटरहरूले पनि मासिक ३ देखि चार सय रूपैयाँसम्म लिने गरेका छन् भने डिजिटल सेवा दिइरहेका कम्पनीले पनि यहि औषतमा मूल्य लिइरहेका छन् । बरू डिजिटल प्रविधिमा ग्राहकले आफुले हेर्ने च्यानलहरूको प्याकेज किन्न सक्ने हुँदा केही सस्तो पर्ने गर्छ । अहिले पनि डिजिटल सुेवामा ग्राहकले मासिक तीन सय रूपैयाँमा डिजिटल सेवा प्रदायकका सेवा लिइरहेका छन् । एचडी, विभिन्न मुभि प्याकेज जस्ता थप सुिवधा लिए मात्र मूल्य केही बढ्ने भएको हो ।

एउटा केबलले घरभरिमा रहेका टि।भि। हेरिरहेको अवस्थामा डिजिटलमा जाँदा छुट्टा छुट्टै रूपमा परर्ण प्याकेजको रकम तिनुपर्छ भन्न भ्रम गलत रहेको डिजिटल सेवाप्रदायकहरु बताउँछन् । उनीहरुका अनुसार एउटा घरमा धेरै वटा टेलिभिजनमा डिजिटल प्रणाली जोड्दा सबै टेलिभिजनको संख्या खुलाएर सिमित मूल्यमा सेवा लिन सकिन्छ । तर सेवाग्राहीले सबै टेलिभिजनमा सेटअप बक्स् भने अनिवार्य जोड्नुपर्छ । डाइरेक्ट टु होम प्रविधि होस् या केबल प्रविधि, सेटअपबक्स सबै टि।भि।मा अनिवार्य हुन्छ । तर घरका सबैजनाले छुट्टा छुट्टै प्याकेजको रकम तिर्नु पर्दैन ।

८ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ८ मंगलवार ११:२० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...