काठमाण्डौं । सेवा विकास बैंक लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि लिलाम बिक्री हुँदैछ । कम्पनीको १२ लाख ६१ हजार ७ सय ७८ कित्ता सेयर लिलाम गर्न लागेको हो । कम्पनीको सेयरमा बोलपत्र पेश गर्ने अन्तिम मिति फागुन २३ गते रहेको छ ।
कम्पनीले मङ्सिर २३ गते देखि पुस २३ गतेसम्म हकप्रद सेयर बिक्रीमा राखेको थियो । जसमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ १० लाख ४० हजार १ सय ७१ कित्ता र सर्वसाधारण समूहतर्फ २ लाख २१ हजार ६ सय ७ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
कम्पनीको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
१७ फागुन २०७३, १।००
वि.सं.२०७३ फागुन १७ मंगलवार १३:०८ मा प्रकाशित