back
NMB ad

महाअभियोग प्रस्तावलाई संविधान संशोधनसँग सौदावाजी मान्य छैन: शंकर पोखरेल

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोलाई सौदावाजीको रुपमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई लिईए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डा हो, तर संविधान संशोधनको लागि महाअभियोग प्रस्तावलाई शर्त बनाईन्छ भने हामी कुनै हालतमा मान्दैनौं ।’

उनले लोकमानविरुद्धको महाअभियोग नआउँदा चुनाव हुँदैन कि भन्ने शंका भएको भएपनि महाअभियोगको प्रस्ताव आएसँगै अब चुनाव हुने सुनिश्चितता बढेको विश्वास व्यक्त गरे । उनले भने,‘महाअभियोग प्रकरणले अब चुनावपनि हुने र संविधान पनि कार्यान्वयन हुने सम्भव मैले देखेको छु ।’

सत्तारुढ दल नेपाली काँग्रेसका नेता दिपक खड्काले माओवादी केन्द्र र नेकपा एमालेले आफ्नो पार्टीलाई गुमराहामा राखेर अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोग प्रस्ताव ल्याएकोले काँग्रेसले हचुवाको भरमा पक्ष वा विपक्ष केहीमा पनि निर्णय नगर्ने स्पष्ट पारे ।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले लोकमानविरुद्धको महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रस्ताव भएकोले यो प्रस्तावलाई टुँगोमा पुर्याउनुपर्ने स्पष्ट पारे ।

रापप्राका अध्यक्ष पशुपति शमशेर जबराले मुलुक यतिवेला महाअभियोगमय बनेको बताउँदै उनले महाअभियोगको प्रस्तावले यतिवेला भुकम्पपनि नेपालमा आएकै होईन कि भन्ने लाग्न थालेको भन्दै ठट्टा समेत गरे ।
अध्यक्ष राणाले महाअभियोगको प्रस्तावबारे आफ्नो दलले अहिले नै निर्णय गर्नुभन्दापनि कार्यसम्पादन बैठकले नै यसबारेमा टुँगोमा पुग्ने बताए । उनले यतिवेला मुलुकको प्रमुख विषय भनेको संविधान कार्यान्वयन भएको तर्क गरे ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले महाअभियोगको प्रस्तावबारे आफ्नो पार्टीले छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक ११

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १९:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...