back
NMB ad

आठ कम्पनीका बोनस र हकप्रद सेयर सूचीकृत, स्ट्यान्डर्ड र सिद्धार्थमा झुम्मिए ग्राहक

Kumari bank ad

काठमाडौँ । धितोपत्र बजारमा यो साता रु २ अर्ब ९६ करोड २५ लाख २२ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यो साता ४९ हजार ८६० कित्ता सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकम गत साताको भन्दा ११ दशमलव ५९ प्रतिशत कम भएको छ । स्टकका अनुसार गत साता रु ३ अर्ब ३५ करोड सात लाख ११ हजार बराबरको सेयर कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ९० अङ्कले घटेर अन्तिम दिन एक हजार ५८९ दशमलव ५९ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १९ अङ्कले बढेर ३३७ दशमलव ६१ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु २३ करोड ७५ लाख १० हजार बराबरको कारोबार भएको स्टकले जनाएको छ ।

त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । सो स्किमको २ लाख १५ हजार कित्ता सेयर कारोबार भएको थियो । यो सात विभिन्न आठ कम्पनीका बोनस र हकप्रद सेयर समेत स्टकमा सूचीकृत गरिएको छन् ।
प्रकाशित मितिः २०७४ असार ३

वि.सं.२०७४ असार ३ शनिवार १७:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...