back
NMB ad

अब बैंक तथा वित्तीय संस्थाको सेयर किन्दा आयस्रोत खुलाउनु पर्ने !

Kumari bank ad

काठमाण्डौं । राष्ट्र बैंकले संस्थापक वा संस्थापक समुहको सेयर खरिद गर्दा संस्थापक सेयरधनीले सो बापतको रकमको स्रोत खुल्ने कागजात पनि अनिवार्य रुपमा सम्बन्धित बैकमा बुझाउनु पर्ने नयाँ व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले केही दिन अगाडि सार्वजनिक गरेको एकिकृत निर्देशन २०७३ मा यस्तो व्यवस्था गरिएको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले हकप्रद सेयर भर्दा सो बापतको रकमको आयस्रोत अनिवार्य रुपमा खुलाउनु पर्ने भएको छ । साथै, जुनसुकै प्रयोजनको लागि पुँजी वृद्धि गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका संस्थापक वा संस्थापक समुहको सेयर खरिद गर्दा संस्थापक सेयरधनीहरूले आयोस्रोत खुलाउनु पर्ने छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था संस्थापना एवम् वित्तीय कारोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवम् प्रक्रियागत व्यवस्था २०६३ को अनुसूची ३ को बुँदा नं १६ संशोधन गरी नयाँ व्यवस्था गरेको हो ।

२० असोज २०७३, ११.००

वि.सं.२०७३ असोज २० बिहीवार १०:४८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...