back
NMB ad

सेयर बजारका आपराधिक गिरोहको सांगठनिक चाल पत्ता लगाउनुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने,काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नभएर कतिपय फसिरहेका पनि छन् । कारण एउटा निश्चित समूह वा व्यक्तिले सेयर बजारबाट संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ ।

त्यसैले तपाई सेयर कारोबारमा सक्रिय हुनुहुन्छ भने बजारमा हुनसक्ने अनेक चालबाजीबाट बच्नुहोस् । तपाई आफैं नै सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने तपाइको सम्पति सेयर बजारको कारोबारका कारण खत्तम हुन पनि सक्छ । सेयरको कारोबारले तपाईलाई उठ्नै नसक्ने गरि थला बसाउन पनि सक्छ ।

सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा एक अपराध सेयर बजारको सांगठनिक चाल पनि हो । सेयर बजारको कारोबारमा सक्रिय यसप्रकारको आपराधिक गिरोहले कुनै कम्पनीका बारेमा अनेक हल्ला फैलाएर  सेयरको मूल्यलाई प्रभावित गराउँछ । यो चाल चाल्नेले या त सेयरको मूल्य घटाउने हिसाबले हल्ला चलाउन पनि सक्छ वा सेयरको मूल्य बढाउने हिसाबले हल्ला चलाउन पनि सक्छ ।

अब आयो किन यसो हुन्छ त ?

हो, यसो गर्नुको प्रमुख उदेश्य बजारमा लगानीकर्ताहरुलाई उक्त हल्ला चलाईएको कम्पनीको सेयर किन्न आकर्षित गर्नु वा बेच्न लगाउनु रहेको हुन्छ । मानिसमा अनेक हल्ला फैलाईदिएपछि डर, त्रास पैदा भएर थप सेयर किन्ने वा भएको सेयर बेच्ने दुवै कार्य हुनसक्छ । जे भएपनि हल्ला चलाउनेले राम्रै पुँजीगत लाभ लिन यसो गरिरहेको हुन्छ भन्ने चाँहि बुझ्नुपर्छ ।
त्यसपछि बजारमा अनेक हल्ला चलाईएपछि हल्लाका कारण बिक्री गर्नेको भिड भयो अर्थात् आपूर्ति बढि भयो भने माग कम हुन्छ र सेयरको मूल्य कम भएको मौका पारेर सेयर खरिद गर्ने र पछि बढि मूल्यमा बिक्री गर्ने प्रमुख उदेश्य राखेको हुन्छ । हल्ला फिंजाएर मूल्य बढाउने कोशिस भयो भने हल्ला चलाउनेले आफुसँग भएको सेयरको मूल्य बढाएर बेच्ने कार्य पनि गर्नसक्छ । बुुझ्नुपर्ने कुरा के हो भने, हल्ला फिंजाएर मूल्य बढाउँदा होस् या घटाउँदा आपराधिक गिरोहले यो चाल चालेर राम्रै पुँजीगत लाभ आर्जन गरिरहेको हुन्छ ।

प्रकाशित मितिः २०७३ पुस २३

वि.सं.२०७३ पुस २३ शनिवार १०:५७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...