back
NMB ad

बजारमा हरियाली,नौ अंकले बढ्यो नेप्से

Kumari bank ad

काठमाडौ । बुधबार सेयर बजार ९.१७ अंकले बढेर १५६८.३५ अंकमा पुगेको छ । यसदिन सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ४.०९, ६.३३, ३.६९, १४.४५, ११.७१, ७.५३, ९७.४८ र ९.२६ अंकले बढेका छन् ।nepse kartik 1

कारोबार रकम भने मंगलबारको तुलनामा ओरालो लागेको छ । दिनभरिमा १४५ वटा कम्पनीको ११ लाख ११ हजार एक सय ३० कित्ता सेयर तीन हजार तीन सय ३१ पटक खरिदविक्री हुँदा ४३ करोड २५ लाख पाँच हजार ४० रुपैयाँको कारोबार भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स प्रोमोटरको सबैभन्दा धेरै चार करोड ४० लाख रुपैयाँको कारोबार भएको छ भने चिलिमे हाइड्रोको करिब चार करोडको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल टेलिकम, सिभिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड तथा प्रभु बैंकको ८५ लाखमाथिको सेयर कारोबार भएको छ ।

ङादी ग्रुप पावर र बरुण हाइड्रोका सेयरधनीले क्रमशः ५.२२ र ५.०३ प्रतिशतका दरले कमाएका छन् । गुराँस लाइफ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, सनराइज बैंक, आरएसडीसी लघुवित्त, सूर्या लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, विशाल बजार, सिभिल बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

बेस्ट फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ८.९८२ प्रतिशतका दरले गुमाएका छन् । रिडी हाइड्रो, सहयोगी विकास बैंक, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो, नयाँ नेपाल लघुवित्त, सानिमा माइ हाइड्रो, माछापूछ्रे बैंक, तिनाउ विकास बैंक, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

प्रकाशित मितिः२०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार १६:५० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...