काठमाण्डौं । सेयर बजार परिसुचक नेप्से बुधबार पनि ६ अंक बढीले उकालो लागेर अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज कारोबार रकममा भने झण्डै ८० करोड रुपैंयाको गिरावट आएको छ ।
आज बजारमा कारोबार घटेर पनि परिसुचक उकालो लागेको हो । आज बुधबार १ अर्ब ३९ करोड ९५ लाखको मात्र सेयर किनबेच हुँदा पनि नेप्से ६ दशमलव ३२ अंकले उकालो लागेर १६ सय २० दशमलव ४७ अंकमा पुगेको छ ।
बीमा कम्पनीको अधिक सेयर कारोबार हुनुका साथै बीमा समुहमा आएको सुधारले नेप्से अझै माथि चढिरहेको छ । आज ९ वटा बीमा कम्पनीको कारोबार चम्किएको थियो ।
१ असार २०७३, ३।३०
वि.सं.२०७३ असार १ बुधवार १५:५४ मा प्रकाशित