काठमाण्डौं । आज फेरि सेयर बजार करिब २७ अंकले बढेर १३४४ अंक हाराहारीमा बन्द भएको छ। साताको अन्तिम कारोबार दिन किनबेच रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १४५ कम्पनीको ६५ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज बजारमा सबैभन्दा बढी बिमा समूह २९० अंकले उक्लिएको छ । बैंकिङ २६.३७ अंक, होटल २४.६८ अंक, विकास बैंक २४ अंक, जलविद्युत १४ अंक र फाइनान्स करिव १२ अंकले उक्लिएको छ।
५ फागुन २०७३, ३।४५
वि.सं.२०७३ फागुन ५ बिहीवार १५:३८ मा प्रकाशित