Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

बजारमा आयो करिब ८० लाख कित्ता सेयर

February 19, 2017

just listed for sale share

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा यस साता पाँच कम्पनीको बोनस र हकप्रद गरि ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता सेयर सुचिकृत भएको छ ।

शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् ।

जसमा सबैभन्दा बढि सेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सुचिकृत भएको छ । एस डेभलपमेन्ट बैंकको २० लाख ३१ हजार सात सय ४१ कित्ता बोनस सेयर सुचिकरण हुँदा मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६० कित्ता हकप्रद तथा छ लाख ३३ हजार आठ सय २१ दशमलव ७६ कित्ता बोनस सेयर पनि सुचिकृत गराएको छ ।

यसै साता सिद्धार्थ इन्स्योरेन्सले १० लाख ३४ हजार पाँच सय ५० कित्ता बोनस सेयर सुचिकृत गराएको छ भने स्वरोजगार लघुवित्तको एक लाख ६३ हजार एक सय ८७ दशमलव २० कित्ता बोनस सेयर करोबारका लागि नेप्सेमा सुचिकरण भएको छ ।

८ फागुन २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु