काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना प्रकाशित गरी चार कम्पनीको सेयर सूचिकृत भएको जानकारी गराएको छ । यसरी सेयर सूचिकृत गराउने कम्पनीहरुमा नविल बैंक लिमिटेड, अपि पावर लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक र कन्ट्री डेभलपमेण्ट बैंक रहेका छन् । यी चारै कम्पनीले बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् ।
नविल बैंक लिमिटेडले १ करोड ४२ लाख ८९ हजार ३ सय ७४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको छ । यसैगरी, अपि पावर लिमिटेडले ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकले पनि १ करोड ४९ लाख १४ हजार २७ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएकोछ । अर्को कम्पनी, कन्ट्री डेभलपमेण्ट बैंकले पनि आजै २ लाख ४१ हजार २ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको छ ।
१८ पुस २०७३, २।००
वि.सं.२०७३ पुस १८ सोमवार १४:०५ मा प्रकाशित