back
NMB ad

सेयर बजार : बदलिँदो परिस्थितिबाट यसरी लाभ लिनुहोस्

Kumari bank ad

सेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैनन् तर सेयर मूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश सुरक्षित छ । सामुहिक लगानी कोषको ईकाई दोस्रो बजारबाट किन्दा पनि सुरक्षित नै छ ।

धेरै लगानीकर्ताको सोचाई के पाईन्छ भने नेप्से अझै घट्ला कि ? यसको अनुमान लगाउँन धेरै गाह्रो छ । तर बजार जत्ति घट्दै जान्छ त्यत्ति नै सेयर किन्दै जाने हो । आफुसँग भएको सबै रकम एकैपटक खर्च गरेर सेयर किन्ने हैन कि बिस्तारै खरिदको मात्रा बढाउँदै जाने हो । तपाइँले आफुसँग भएको रकमबाट घट्दो बजारमा एकैचोटी सेयर किन्नुभयो भने बजारमा परिवर्तन हुने लाभबाट कम फाईदा लिनसक्नुहुन्छ । बजार घटे अनुसार आफुसँग भएको रकम हिसाब गरी क्रमबद्ध रुपमा किन्दै जानुभयो भने तपाइँले बजार घटेको तल्लो बिन्दुसम्म पनि सेयर किन्ने अबसर पाईरहनु भएको हुन्छ ।

बजार घट्ने तल्लो बिन्दु कुन होला त ? यो पनि कसैले अनुमान लगाउँन सक्ने र प्राबिधिक वा आधारभुत बिश्लेषणको आधारमा भन्न सकिने कुरा हैन । त्यसैले बजार अरु घट्ला भनेर सेयर नकिनी बसेर घट्दो बजारबाट लाभ लिन ढिलाई नगर्नुहोस्, आजैबाट सुरु गर्नुहोस् । नत्र बजार घटेर एउटा बिन्दुबाट फेरि बढ्न सुरु गर्दा तपाई अवसरबाट बंचित हुनुहुनेछ ।  धेरै जसो लगानीकर्ताहरु सेयर बेचेर बाहिर त निस्कन्छन तर बजार घटेर एउटा बिन्दुमा पुगी फेरि माथि चढ्न लाग्दासम्म सेयर नकिनी बसेर बजारबाट फाईदा लिन चुक्छन् ।

जब बजारमा अब सेयर बजार घट्छ, अरु घट्छ, खत्तमै हुन्छ भन्ने डर हुन्छ र धेरै मानिसहरु सेयर बेच्नतिर लागिरहेका हुन्छन्, यसमा माग र आपुर्तिको नियमले बजार घटाउँछ । गएको भुकम्पको बेला धेरै मानिसहरुमा डर थियो, यही डरका बीचमा केही लगानीकर्ताहरुले आधा मूल्य कम हुँदा पनि सेयर बेचे तर जब मानिसहरुमा डर हराउँदै गयो र सेयर बजार माथि गयो, डराएर सेयर बेच्नेहरु हेरेको हेर्यै भए, फाईदा लिनेले ५० प्रतिशतसम्म फाईदा लिए ।

बजारमा माग कम र आपुर्ति बढी भयो भने मूल्य स्वतः तल आउँछ । अहिले हामी आफैले मार्केट डेब्थ हेर्न पाईरहेको अबस्थामा त्यो त सबैले अनुभुत गरेकै हुनुपर्छ । यस्तो बेलामा धेरै मूल्य घटेको हुन्छ, राम्रो कम्पनीको सेयर छानी छानी उठाउने अबसर हिम्मतवाला लगानीकर्तालाई आउँछ ।

एकाथरी लगानीकर्ताहरु आत्तिएर सेयर बेचिरहेका हुन्छन्,  जत्ति मूल्यमा किन्न बसेका छन्, त्यति मूल्यमा बेचेर बाहिर निस्कन उनीहरुलाई हतारो हुन्छ तर हिम्मतवाला अर्थात जोखिम र फाईदाको आँकलन गर्ने लगानीकर्ताहरु यस्तो बेलामा मौका हेरेर बसेका हुन्छन् । अब आफुले किन्न चाहेको सेयरको मूल्य तल आउँछ, अवसर छोप्नेहरुले आफ्नो कब्जामा राम्रा सेयर पारिहाल्छन् । अनि बजार बढ्दा बेचेर बाहिर निस्कन्छन् र फेरि बजार घट्ने मौका हेरेर बस्छन् ।

बजार बढेर कुन बिन्दुमा पुग्छ र झरेर कुन बिन्दुमा अडिन्छ अर्थात उच्चतम र न्युनतम बिन्दु कुन होला ?  ठ्याक्कै भन्न सकिन्न ।  अप्रत्याशित घटना, आपत्काल वा अर्थतन्त्रमा ठूला परिवर्तन भएमा भने अनुमान मिल्नसक्छन् । बजार क्रयासै हुने अबस्थामा घाटा नै खाएर पनि जोखिम ब्यवस्थापन गर्ने र घाटा कम गर्ने उपाय अपनाउँनु बुद्धिमानी हुन्छ । सामान्य अबस्थामा बिज्ञहरुको अनुमान खेर गएको कयौं दृष्तान्तहरु छन् ।

घटेको बजारमा सेयर किन्दा पनि निकै सावधानी अपनाउनुपर्छ । यस्तो बेला खराब कम्पनीहरुको सेयर मूल्य धेरै घटेको हुन्छ र राम्रा कम्पनीहरुको सेयर मूल्य स्थिर वा कम घटेको हुन्छ । धेरै मूल्य घटेको छ भन्दैमा खराब कम्पनीहरुको सेयर उठाउनुभयो भने पनि तपाईले बजारबाट धेरै लाभ लिनसक्नु हुन्न ।

तपाइँलाई राम्रो लाग्ने कुनै कम्पनी छान्नुहोस् र त्यसका तीन आर्थिक बर्षका चौथो त्रैमासिक बित्तीय बिबरणहरु र लाभांश दरको तुलना गर्नुहोस् । जुन कम्पनीको ब्यापार बढेको छ, खुद नाफा बढेको छ, चुक्ता पूँजीकै हाराहारीमा वा बढी जगेडा कोष छ, निस्क्रिय कर्जा घटेको छ, पूँजी पनि बढेको छ, लाभांश दर बढेको छ  र यस बर्ष पनि बढेकै पूँजी अनुसार लाभांश दर बढाउने प्रशस्त्र संभावना छ, भन्ने यकिन गर्नुभयो ? हो यही कम्पनीको सेयर किन्नुहोस् । तर यस्ता कम्पनीको सेयर मूल्य उचालिएर आकाशमा पुगेको छ भने रोकिनुहोस्, त्यो सेयरबाट तपाइँलाई धेरै फाईदा नहुनसक्छ ।

पूँजी आधार बलियो र ब्यापार र खुद नाफा बढाउँदै लगेकोे कम्पनी छान्नुभयो । तर सेयर बजार अरु तल गयो भने पनि नआत्तिनुस किनभने आउने साधारणसभाामा तपाइँलाई त्यस कम्पनीले दिने लाभांशले नै घाटा पुर्ति गरिदिनसक्छ ।

याद गर्नुहोस्, कम्पनीहरुको बिश्लेषण गर्दा मूल्य आम्दानी अनुपात कम, प्रति सेयर नेटवर्थ धेरै, पूँजी कोष १० भन्दा माथि,  प्रति सेयर सम्पतिको मूल्य धेरै भएको होस् । यसो भन्दैमा एक दुई करोड चुक्ता पूँजी भएका कम्पनीको सेयर किन्नुभयो पनि तपाइँलाई फाईदा नहुन सक्छ किनभने राष्ट्र बैंक र अरु नियमनकारी निकायको नीति र कारबाहीले यस्ता कम्पनीहरु अनिवार्य मर्जमा जाँदा तपाइँको पैसा महिनौ दिनसम्म बन्धक बन्नेछ र बदलिदो बजारबाट लाभ लिनबाट टाढै रहनुपर्छ ।

२८ असोज २०७३, १।००

वि.सं.२०७३ असोज २८ शुक्रवार १४:२६ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...