back
NMB ad

सेयर बजार कारोबारको मुद्दा आज उच्च अदालतमा पाटनमा सुनुवाई हुँदै, के होला निर्णय ?

Kumari bank ad
काठमाडौँ । सेयर कारोबारलाई शतप्रतिशत ‘अनलाइन प्लेटफर्म’मा लैजान सफ्टवेयर अपग्रेड गर्नेबारे चर्किएको बिवादमा आज उच्च अदालतमा पाटनमा सुनुवाइ हुँदैछ। अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नै सफ्टवेयर खरिद गर्नु पर्ने माग सहित भारतीय कम्पनी इन्फिनिटी कम्युटर सोलुसन अदालत गएको हो।
नेप्सेले गत बर्षको फागुनमा उक्त कम्पनीसँग सफ्टवेयर खरिदका लागि सम्झौता नै गरेको थियो। १० देखि १४ महिना भित्र नयाँ सफ्टवेयर जडान गरिसक्ने बताइएको थियो। तर, नेपाल धितोपत्र बोर्डले ‘उक्त कम्पनीसँग अन्तर्राष्ट्रिय स्तरमा सफ्टवेयर उपलब्ध गराएको अनुभव भए/नभएको खुलाएर पठाउन’ नेप्सेलाई निर्देशन दियो।
सफ्टवेयर खरिद प्रकृया यहिँबाट बिवादमा पर्यो। उक्त कम्पनीले विगतमा कुनै स्थापित स्टक एक्सचेञ्जलाई सफ्टवेयर उपलब्ध गराएको थिएन। तर, नेप्सेले आफुसँग खरिद सम्झौता गरि सकेको भन्दै उक्त कम्पनी अदालत गयो।
२०५० सालमा कराएर किनबेच गर्ने (ओपन आउट क्राइ सिष्टम) प्रणाली बाट सुरु भएको सेयर बजारमा सन् २००७ देखि कम्युटर सिष्टम भित्र्याइयो। त्यसपछि दलाल एवं लगानीकर्ताले किनबेच गर्न नेप्सेको कार्यालय गइ रहनु परेन। आफ्नै कार्यलयबाट कम्युटरमा सेयर खरिद बिक्रीको आदेश दिन सक्ने भए।
तर, अझै पनि राफसाफ लगायत प्रकृया कागजी नै हुँदै आएको छ। सेयर कारोबारमा कागजको प्रयोग शुन्यमा झार्नु पर्ने भन्दै लगानीकर्ता एवं सरोकारवालाले लामो समय देखि अनलाइन कारोबारको माग गर्दै आएका थिए। अनलाइन कारोबार सुरु भएपछि लगानीकर्ताले ब्रोकर अफिस समेत जानु नपर्ने र घरै बसि बसि ब्रोकर मार्फत कारोबार गर्न सक्छन्। त्यहि अनुरुप नयाँ सफ्टवेयर खरिद गर्न नेप्सेले दुई बर्ष अघि टेन्डर आह्वान गरेको थियो।
नौ बर्ष अघि कम्युटर प्रणालीमा कारोबार सुरु गर्दा नेप्सेले ब्रिटिश सफ्टवेयर कम्पनि कमड्याकको सफ्टवेयर खरिद गरेको थियो। उक्त सफ्टवेयरलाई अपग्रेड एवं चुस्त राख्न ‘आइटी’ सेवा भने नेप्सेले इन्फिनिटी कम्युटर सोलुसनसँग नै लिँदै आएको छ।
धितोपत्र बोर्डले भने बमोजिम योग्यता आफ्नो योग्यता नपुग्ने भएपछि भारतीय कम्पनी सुरुमा जिल्ला अदालत काठमाडौँ गएको थियो। अदालतले ठोस निर्णय दिएन। ‘नेप्से र इन्फिनिटी सोलुसनको समझदारीमा उपयुक्त निर्णय लिनु’ भन्ने आदेश दियो। नेप्सेले बोर्डक निर्देशन नाघेर कम्पनीसँग सम्झौता कार्यान्वनय गर्ने अवस्था थिएन। त्यहि भएर पुरानै माग सहित कम्पनी उच्च अदालत पुगेको हो।
उच्च अदालतमा गत २९ मंसिरमा तोकिएको पेशी धितोपत्र बोर्डको आग्रहमा अदालतले आजको लागि सारेको थियो। उक्त दिन बोर्डका कानुन व्यवसायी उपत्यका बाहिर रहेको हुँदा पेशी स्थगितका लागि निवेदन दिएको र आज देखि बहसमा भाग लिने प्रवक्ता निरज गिरीले जानकारी दिए। ‘अनलाइन कारोबार छिटो भन्दा छिटो सुरु होस् भन्ने हाम्रो चाहना छ, उनले भने- त्यहि भएर जतिसक्दो चाँढो मुद्दा टुङ्गियोस् भन्नेमा छौँ।’
नेप्सेले अनलाइन कारोबार सुरु गर्न आफु तयार गरेको दावी गर्दै आएपनि यसका लागि कानुनी प्रावधान भने अझै छैनन्। अहिलेसम्म कारोबार विनियमावली तयार गरिएको छ। ओपन आउट क्राइ सिष्टम हुँदाकै कारोबार नियमावली अनुसार सेयर किनबेच भइ रहेको छ। यस्तोमा पहिला धितोपत्र बोर्ड र नेप्सेले ब्यवस्थित ढंगले सञ्चालन गर्ने कानुनी पुर्वाधार तयार गर्नुपर्ने जानकारहरु बताउँछन्। तर, पछिल्लो समय दुई निकायको ‘इगो’ द्वन्दले सबै प्रकृया ओझेलमा परेका छन्।
१३ पुस २०७३, बिजमाण्डु, ८।००

वि.सं.२०७३ पुस १३ बुधवार ०८:३७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...