back
NMB ad

साताको शुरुमा पनि नेप्से ओरालो, किन घट्दैछ लगातार नेप्से ?

Kumari bank ad

काठमाडौँ। निरन्तर ओरालो लागिरहेको शेयर बजार यो साता पनी उकासिने छाँट देखिएन । साताको पहिलो दिन आइतबार पनी नेप्से परिसूचक ओरालो लागेको छ। गत साता घटेर बन्द भएको शेयर बजार साताको सुरुवातमा पनि लगानीकर्तालार्इ उत्साहित बनाउन सकेन्।
आइतबार १६७ कम्पनीका १४ लाख ५७ हजार कित्ता शेयर ५५ करोड ९५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको आठ करोड ४५ लाख रुपैयाँमा कारोबार भयो। कारोवारमा आएका उपसूचकमा फाइनान्स बाहेक सबै घटेका छन्। फाइनान्स ०.०५ प्रतिशतले बढेको छ।

कारोवारको सुरुवातमा १० अंक बढेको बजार अन्तमा घटेर बन्द भएको हो। १४७० अंक बाट सुरु भएको बजार पौने एक बजे सम्म १४८० अंक सम्म उक्लिएको थियो। त्यसपछी लगातार घटेको बजार अन्तमा चार अंक खुम्चिदै बन्द भएको हो। आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.४७ अंकले घटेर १४६७.६८ अंकमा झरेको छ।
बैंक ०.१७, ट्रेडिङ १.३६, होटल ०.३७, विकास बैंक ०.८, जलबिद्युत ०.२, बीमा ०.३३, उत्पादनमूलक ०.५२, अन्य ०.९५ र लघुवित्त ०.१९ प्रतिशतले घटेका छन्। क बर्गका कम्पनीहरुको कारोवारमापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंक घटेर ३०९.०१ अंकमा ओर्लिएको छ।

ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाएका छन् भने सिन्धु विकास बैंकका शेयर धनीले करिब १० प्रतिशत गुमाएका छन्।

वि.सं.२०७४ पुस ९ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...