काठमाण्डौं । सेयर बजारमा आज फेरि हरियाली देखिएको छ । आज नेप्से सूचक १७.१३ अंकले बढेर १४८२.८५ अंकमा आइपुगेको छ ।
आज बजारमा एक सय ३० कम्पनीको ५१ करोड ४९ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस दिन कुल १० लाख १७ हजार सात सय ५४ कित्ता सेयर कारोबार भएको हो ।
आज होटेल बाहेक बाँकी सबै उपसूचक हरिया भएका छन् । आज बजारमा एभरेष्ट बैंकको मात्रै तीन करोड रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१८ पुस २०७३, ३।४५
वि.सं.२०७३ पुस १८ सोमवार १५:३७ मा प्रकाशित