back
NMB ad

सेयर बजारको तपाई कस्तो लगानीकर्ता हो ?

Kumari bank ad

नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।

सेयर बजारको उतार चढावलाई सामान्य ‘फन्डामेन्टल’ भनिए पनि पछिल्लो समय लगानीकर्ता ढुक्क हुने स्थिति छैन। किनभने गत एक महिनामा बजारमा एकै दिन १०० अंकसम्मको उतार चढाव भयो। एकै दिनमा दोहोरो अंकले बजार घट्ने र त्यसरी नै बढ्ने प्रबृत्ति देखिएको छ।

साना र एवं नवप्रवेशी लगानीकर्ता यो प्रबृत्तिका कारण धेरै अन्यौलमा परेका छन्। यस्तो बेला नयाँ लागनीकर्ताले आफुले कति समयका लगि लगानी गरेको र कति मुनाफा आएपछि बेच्ने भनेर अग्रणी निर्णय लिनु पर्ने सुझाव दिन्छन्। ‘मार्केट मेकर, डिलर एवं संस्थागत लगानीकर्ता नभएको अवस्थामा हरेक नवप्रवेशीले विवेकसम्मत निर्णय लिनु पर्छ’ उनले भने।

अहिलेको बजारमा तीन किसिमका लगानीकर्ता रहेको उनी बताउँछन्। ‘एक थरी लगानीकर्ताको चाहना कम्पनीहरुको सञ्चालकको रुपमा जाने हुन्छ, उनले भने( उनीहरुले ठूल्ठूलो परिमाणमा सेयर खरिद गर्छन्।’

अर्को थरि लगानीकर्ताले भने तत्कालको नाफा हेर्ने किनेको सेयर अलिकति बढ्ने बित्तिकै बेची हाल्ने उनी बताउँछन्। तेस्रो बर्गका लगानीकर्ताले भने एक पटक किनेको सेयर नबेच्ने र प्रतिफल मात्र खाइ रहने रेग्मीको भनाइ छ। हरेक लगानीकर्ताले आफु कुन बर्गको हुँ भनेर छुट्याउन सक्नु पर्ने उनी बताउँछन्।

नवप्रवेशीले लगानी गर्ने कम्पनीको प्राविधक विश्लेषण एवं मूल्य आम्दानी अनुपात जस्ता सूचक हेर्नु उपयुक्त हुने भर्खरै खुलेको लगानीकर्ता संघका अध्यक्ष उतम अर्यालले बताए। लगानीकर्ताको आत्मवल दह्रो बनाउने जिम्मेवारी नियामक निकायको पनि रहेको उनको भनाइ छ। ‘नियमनकारी निकायले बजार लगातार बढ्दा लगानीकर्ता जसरी सचेत गराएको थियो त्यसै गरि अहिलेको उतार चढावमा पनि सकृयता देखाउनु पर्छ’ उनले भने।

सेयर लगानीकर्ता दीपक अर्याल बजारले जस्तो गति लिन्छ त्यहि अनुरुप चल्ने लगानीकर्ताले कमाउने बताउँछन् । ‘बजारमा पैसा लिएर बस्ने, उनले भने( सामान्यभन्दा बढी घट्यो भने तुरुन्तै किन्ने र लोभ नगरिकन बेच्ने गर्नुपर्छ।’

 २१ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर २१ मंगलवार १६:४३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...