back
NMB ad

सेयर बजारको अवस्था र लगानी अर्नुअघि के कस्ता कुरामा ध्यान दिनपर्छ, पढौं विश्लेषसँगको वार्ता

Kumari bank ad

सेयरमा पैसा लगानी गर्न पाए ह्वात्तै बढ्ने थियो र बसी बसी कमाइ हुने थियो भन्ने सोचेर मानिसहरु सेयर बजारतिर आकर्षित हुने गरेका छन् । तर, कुनै अध्ययन र विश्लेषण नगरी सेयर लगानी गर्दा डुब्ने खतरा अधीक हुने विश्लेषकहरु बताउँछन् । हाथवे इन्भेष्टमेन्ट कम्पनीका सेयर विश्लेषक प्रकाश तिवारीका अनुसार अहिले एक लाखभन्दा बढी सेयर लगानीकर्ताहरु उठ्नै नसक्ने गरी थला परेका छन् । सेयर बजारको अवस्था र लगानी अर्नुअघि के कस्ता कुरामा ध्यान दिनपर्छ भन्नेबारे विश्लेषक तिवारीसँग गरेको कुराकानीः

सेयर बजारमा लगानी गर्ने कलाबारे केही बताइदिनुहोस् न ?

यहा समस्या के छ भने हामी पैसामा आधारित भएर लगानी गर्छौं । यो त अवसरमा आधारित हुनु पर्ने हो । पैसा हुने वित्तिकै साथीहरु लगानी गर्नुपर्‍यो भन्दै आउनुहुन्छ । बैंकमा पाउने व्याज दर र बजारबाट पाइने प्रतिफल कति छ भन्ने विश्लेषण पनि गर्नुपर्छ । अवसर छ भने ऋण खोजेरै पनि लगानी गर्न सकिन्छ । होल्ड गरेर बस्ने हो भने लगानी गर्न सकिन्छ । तर, अवसर नै नभै लगानी किन गर्ने रु

मैले प्राप्त तथ्यांकहरुको विश्लेषण गर्दा बजारमा बार्षिक १५ प्रतिशतसम्म प्रतिफल पाएको देखिन्छ । दीर्घकालीन लगानी गर्ने सोच हो भने समस्या छैन । बैंकहरुले बार्षिक व्याज र कहिले पनि १५ प्रतिशत एकिा छैनन् नि । आफ्नो लगानी क्षमता बुझ्नु पर्छ, ऋण लिएर गर्ने हो भने भुक्तान क्षमता हेर्नुपर्छ । कतिसमयका लागि लगानी गर्ने, किन लगानी गर्न लागेको भनेर हेर्नुपर्छ । अध्ययन गर्नुपर्छ । १५ दिनका लागि पुँजी बोकेर लगानी गर्न आउनुहुन्छ, अनि बजार थप बड्छ कि भनेर पुनः कर्जा लिएर लगानी गर्नु हुन्छ । विश्लेषण गर्नुपर्छ । हचुवाको भरमा हुँदैन ।

केही दिन अगाडि मैले एउटा केस हेरेको थिएँ । जापानबाट कति वर्ष मिहेनत गरेर आएको एक व्यक्तिले ५४ लाख रुपैयाँ बजारमा हाले । अरुले भनेको सुनेर लगानी गरेको भनेका ती व्यक्तिको तीन महिनामा लगानी रकम सेयर मूल्य घटेसँगै ३०/३२ लाखमा सीमित भएको छ ।

अहिले बजारमा हेर्ने हो भने १ लाखभन्दा बढी सेयर लगानीकर्ता उठ्न नसक्ने गरेर थला पारेका छन् । कतिपय कम्पनीहरुको सेयर मूल्य ६० प्रतिशतभन्दा धेरैले घटेको छ । १०/१५ प्रतिशत लाभांश दिएका ती संस्थाबाट लगानीकर्ताले कहिले राहत पाउने ?

अहिले समूहमा लगानी गर्ने, लगानी कम्पनी खोल्ने परिपाटी पनि बढेको छ, हाथवे इन्भेष्टमेन्ट पनि यस्तै सोचले अगाडि बढ्यो तर अहिले विभिन्न क्षेत्रमा पकड बनाएको छ ।

बजार नै हो त यस्तो वृद्धिको आधार ?

हामीले ७ करोडबाट सुरु गरेको यो कम्पनी अहिले लगभग यो ८२ करोडको कम्पनी भएको छ । बजारको सबै उतार चढावलाई यसले देखेको छ । पहिले हामीले ट्रेडिङ कम्पनीको रुपमा मात्र काम गरिरहेका थियौं । बजार २९२ तिर आउँदा चन्द्रागिरीको सबै सेयर बिक्री गर्न पर्ने अवस्था समेत आएको थियो ।

हामीले त्यो समय नै महशुस गर्‍यौं बजारमा ट्रेडिङ कम्पनी मात्र भनेर बस्नु हुँदैन् । हुनतः हाम्रो आधार सेयर बजारबाटै बनाएको हो । हामीले एनबी इन्स्योरेन्स लियौं, हामी अरुण फाइनान्समा, केही बिल्डिङमा, चन्द्रागिरीमा, केही जलविद्युत्मा लगानी गरेका छौं । हामी हस्पिट्यालिटी क्षेत्रमा पनि जाने सोचमा छौं । बजारमा एउटा उदाहरण हो, हाथवे इन्भेष्टमेन्ट । बजारबाट सुरु गरेर अगाडि बढेका हौं । तर सबै लगानीको स्रोत बजार मात्र होइन । बैंकहरुको कर्जा पनि हो । बजारले आत्मविश्वास, नेटवर्क बढाउन सहयोग गर्‍यो ।

बजारमा केही लगानीकर्ता तथा विश्लेषकहरुले नेप्से २५ सय तहसम्म पुग्छ पनि भन्थे । त्यो तह काल्पनिक मात्रै थियो वा प्रक्षेपणमा आधारित थियो ?

मेरो कुरा गर्नुहुन्छ भने म त्यति लामो अवधिको प्रक्षेपण गर्दिन् । मलाई अहिले नै नेप्से २५ सय पुग्छ, ४/५ हजार पुग्छ भनेर गरिने प्रक्षेपण जायज लाग्दैन पनि । लगानीकर्ताहरु आवेशमा आएर यसो भन्छन् कि भन्ने लाग्छ ।

तर, सबैले बुझुन पर्ने कुरा के हो भने, बजारलाई प्रभाव पार्ने तत्वहरु सधै परिवर्तन भइरहेको हुन्छ । बजारमा नयाँरनयाँ सुचकांक आइरहन्छन तथा कारकहरु फेरिरहन्छन् । सकारात्मक कारकमा सकारात्मक थपिँदै गएमा बजार वृद्धि भइरहने हो । सकारात्मक र नकारात्मक पक्ष सन्तुलित भएमा बजार साइडवेज मुभमेन्ट (निश्चित दिशामा रहेर तलमाथि गर्नु) मा रहन्छ । नकारात्मकले जित्दा भने तल जान्छ ।

हामी तीन महिना अवधिसम्म प्रक्षेपण गर्दै अगाडि बढ्छौं । हाम्रो समाचारहरुमा पनि ती विज्ञहरुसँग कारण नखोजी भनाइलाई उदृत गरेको पाइन्छ । बजारमा कारकको रुपमा रहने ब्याजदर, राष्ट्र बैंक र धितोपत्रका नीतिहरु, तरलताको अवस्था हेरेर भनिएको हो कि रु आधार त हुनुपर्छ ।

सेयर बजारको चक्रलाई आधार मानेर लगानी गर्ने परिपाटी पनि छ । यसमा तपाईको धारणा के हो ?

यसमा लगानीकर्ताले नबुझिरहेको एउटा कुरा के हो भने बजार वियरिश ट्रेण्डमा हुँदा लगानीकर्ताहरु ‘किल’ हुँदैनन् । तर, वियरिश ट्रयापमा परे भने किल हुने हो । त्यस्तै बजार पहिले जस्तै ३र४ वर्ष स्थिर भइरह्यो भने ऋण लिएर सेयर किनबेच गर्ने लगानीकर्ता डुब्ने हुन् ।

हाम्रो कम्पनी हाथवे इन्भेष्टमेन्ट ११७५ बाट बजार घटेर ६ सयमा आउँदा स्थापना भएको हो । ६ सयको हाराहारीमा आउँदा हाम्रा संस्थापकहरुसँग पैसै पैसा थियो र त कम्पनी खडा गर्नु भएको थियो । तर, त्यसपछि भने वहाँहरु ट्र्यापमा फस्नु भएको हो । यो तहबाट बजार घट्दैन भनेर कम्पनी नै खडा गरेर लगानी गर्नुभयो तर बजार केही वर्षसम्म माथि नै उक्लेन । एक वर्षमा बजार ३ सय मुनि आएर पुनः ८ सय आएको भए पनि समस्या हुन्थेन । तर, बजार बर्षौंसम्म उकालो लाग्न सकेन । त्यो समय लगानीकर्ताहरुले ब्याजमा बढी लगानी गर्न थाले । तर, ब्याज र र मार्जिन कल थाम्नै सकेनन् । सेयर नै कम मूल्यमा बेच्न पर्ने अवस्था आएपछि घाटा हुने हो ।

म बजारको चक्रजस्तो प्राविधिक पक्षलाई मात्र हेर्दिनँ । हामी बजार घटबढ हुनसक्ने बिभिन्न १० कारणमा आधारित मोडल अभ्यास गछौर्ं । त्यो मोडलमा हामी राजनीतिक कारण, माइक्रो इकोनोमि, सम्बन्धित क्षेत्रका नीतिगत कुराहरु लगानी व्यवहारदेखि सबै पक्षको अध्ययन गर्छौ ।

बजार प्रभाव पार्न नयाँ अभ्यासहरुले पनि सहयोग पुगेको देखिन्छ । बजार ओपन क्राइआउट सिस्टमबाट स्क्रिन बेस्ड अटोमेटेड सिस्टममा गएपछि राम्रै वृद्धि देखिएको थियो । अन्य देशमा डिम्याट प्रणाली लागु भएपछि ६० देखि ३ सय प्रतिशतसम्म बजार बढेको देखिएको थियो । डिम्याटले हाम्रो बजारलाई माथी लाजैन्छ भन्ने प्रक्षेपण गरेको थिए । यहाँ बजार बढ्ने वातावरण पनि बनेको थियो । तरलताको अवस्था राम्रो थियो, नियामक निकायमा पनि सुधार देखिएको थियो, राष्ट्र बैंकले पनि चुक्ता पूँजी वृद्धिको नियम ल्यायो र यसले बजारमा वृद्धि देखियो । पहिले प्रणाली परिवर्तन हुँदा पनि ६५ प्रतिशतले बजार बढेको थियो । डिम्याट प्रणाली आएपछि यसमा ६० प्रतिशत वृद्धि भएको थियो ।

त्यसो भए बजारमा अब अर्को वृद्धि देख्न पुनः प्रणालीमा परिवर्तन हुन जरुरी छ ?

मलाई धेरैले अब बजारमा कहिले यस्तै बुल देख्न सकिन्छ भनेर सोध्छन् । अन्य कारणहरु सकारात्मक भइदिएमा र अनलाइनमा आधारित कारोबार प्रणाली आएमा बजार फेरि हुल हुनसक्छ भन्ने मेरो प्रक्षेपण हो । बजार बढ्न अहिले देखिएको तरलता संकटको अवस्था अन्त्य हुने लगायतका सुधार भने हुनुपर्छ ।

अहिले बजारमा देखिएको गिरावटमा सुधार हुन समय लाग्छ भन्न खोज्नुभएको हो ?

बजारलाई सजिलोसँग बुझ्ने हो भने माग र आपूर्तिलाई हेर्नुपर्छ । माग बढ्दा बजार बढ्छ र आपूर्ति बढेअनुसार माग बढेन, पचाउन सकेन भने बजार घट्छ । अहिले राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय संस्थाहरुले चुक्ता पूँजी वृद्धि गरिरहेका छन् । त्यसलाई पचाउन भने समय लाग्छ नै ।

बजारमा प्राविधिक विश्लेषण तब मात्र लागु भएको देखिन्छ जब यसलाई पछ्याउने, मान्ने, हेर्ने लगानीकर्ताहरु धेरै हुन्छन् । अहिले हाम्रो बजारमा यसलाई मान्ने मानिसहरुको संख्या पर्याप्त छ छैन यसलै निर्धारित गर्छ ।

अहिले आधारभूत पक्ष भने कमजोर छ । मलाई राम्रा राम्रा वाणिज्य बैंकबाट फोन आइरहेको छ कल डिपोजिटमा नै १० प्रतिशतभन्दा माथी व्याज दर दिन्छु भनेर । अर्को कुरा अहिले बैंकहरुले प्रतिसेयर आम्दानी अनुपात व्यवस्थापन गर्न सक्ने अवस्था छैन । बैंकहरुलाई कर्जा लगानी गर्न पुँजी अभाव देखिएको छ । कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) नै ८० छुन लागेको छ । यस्तोमा व्याज र राम्रै बढिरहेको छ र सेयर बजारमा पाँच प्रतिशत प्रतिफल पाउन पनि मुश्किल पर्न थालेको छ ।

बैंकहरुले चुक्तापूँजी पुर्‍याइसकेपछि नगद लाभांश मात्रै पाइनसक्छ भनेर पनि लगानीकर्ताहरु सशंकित छन् । यता, सरकारले राजस्व उठे अनुसार पनि खर्च गर्न सकेको छैन । पुस मसान्तमा अनुमानित ५५ अर्ब रुपैयाँ सरकारले अग्रिम करबाट तान्न सक्छ । अहिले मार्जिन कलको दबाब लगानीकर्तालाई परेको छैन तर केही समयमा त्यो पनि हुन सक्छ ।

बजारमा सबै बोनस तथा हकप्रद सेयर सूचीकृत हुन बाँकी नै छ । त्यसैले अब बजार बढ्न सकारात्मक कुराहरु के आउछ भन्ने कुरामा भर पर्छ ।

सरकारले खर्च बढाएका तरलता केही व्यवस्थापन हुनसक्ला र बजारमा पनि वृद्धि देखिएला भन्न सकिन्छ ?

तत्काल सम्भावना छैन । सरकारले २र३ महिना मै खर्च उच्च दरमा वृद्धि गर्न सक्ने अवस्था छैन । सरकारको खर्च बढ्ने भनेको जेठ असारमा हो । त्यो समयसम्म यता बजारमा आपूर्तिले हान्यो भने बजार बढ्ने सम्भावना न्यून छ । तर, चुनाव हुने जस्तो वातावरण त्यसअघि नै बन्यो भने लगानीकर्ताको मनोविज्ञान सबल बन्ने छ र बजारमा केही सुधार भने देखिनसक्छ । तर, बढ्न नै भने अन्य कुराहरु सकारात्मक हुनुपर्छ ।

prakash-tiwari-1

सेयर कर्जाको व्याज दर व्यवस्थापन गर्न नसक्दा पनि लगानीकर्ताहरु समस्यामा परेका छन । कसरी गर्न सकिन्छ ?

बजारमा कर्जा लिएर लगानी गर्दा आफ्नो नियमित आम्दानी कति छ, कहिले कहिले कुन कुन क्षेत्रबाट कति लगानी आउँछ भनेर ध्यान दिनुपर्छ । व्याज भुक्तनी नियमित तालिका अनुसार काम गर्न नियमित आम्दानी आउने बाटो हुनुपर्छ ।

मेरो १० करोडको जग्गा छ, २० करोड कुनै दिन पुग्छ भनेर हुँदैन । आफुले नियमित आउने पूँजीभन्दा बढी कर्जाको व्याज हुने गरी रकम लिनु हुदैन् । कतिपय बजारमा यति प्रतिफल छ, यति व्याज लिन्छु भनेर लगानी गर्दा पनि फसिने सम्भावना हुन्छ ।

वर्षको अन्त्यमा आउने प्रतिफलले त्रैमासिक रुपमा बुझाउनुपर्ने ब्याज तिर्न सकिँदैन । कम्तिमा १ वर्षका लागि कुसन भने चाहिन्छ । बजारमा लगानी गर्दा आवश्यक कुसन पनि बजारबाटै जुटाउँछु भन्नु जोखिमपूर्ण हुन्छ ।

सेयर बजार घटिरहे पनि अझै उच्च तहमा नै छ, बजारमा हुनुपर्ने भन्दा कम मूल्यमा अहिले सेयर रहेको पाइन्छ कि पाइँदैन ?

नेपाली बजारमा दुईवटा समस्या छ । बजार विविधिकरण हुन सकेको छैन । बजार घट्दा सबै समूहका कम्पनीहरुको मूल्य पनि घटिरहन्छ । क्षेत्रगत लगानी गर्ने अभ्यास पनि छैन । अहिलेको अवस्थामा होटेल क्षेत्र घट्न पर्ने कारण नै छैन । भूकम्पपछि पनि लाभांश दिइरहेका छन् ।

ओरियण्टल होटेलले २६ प्रतिशत बोनस दियो, सोल्टिले पनि नियमित रुपमा लाभांश दिइरहेको छ । नेपालले आगामी वर्ष भ्रमण वर्ष मनाउने भनिएको छ, अहिले पनि आन्तरिक पर्यटन वर्ष मनाइरहेका छौं । यो क्षेत्रको सम्भावना पर्याप्त छ भनिन्छ । तर पनि बजारसँगै यिनीहरुको मूल्य पनि घट्छ । यसमा समस्या भनेको बजारको संरचना नै हो ।

यस्तो क्षेत्रका सूचीकृत कम्पनीको संख्या ज्यादै न्यून छ । लघुवित्तमा ५० लाख घाटा लाग्ने अवस्था आयो भने होटलको सेयर फालेर त्यो घाटा परिपूर्ति गरिन्छ । विविधीकरण नहुँदाको समस्या हो । अहिले यसरी हाम्रो बजारमा नोक्सान कम गर्न मात्र सकिएको छ । हामीले यो बजारमा सेयर किन्ने समय र सेयर परिमाणमा विविधीकरण गर्न सकिन्छ ।

अहिले बजारमा कुनै कम्पनीको मूल्य विहानी कारोबार सत्रमा १० प्रतिशत बढ्यो भने तत्काल किन्ने गर्नुभन्दा त्यही दिन दिउँसो त्यो सेयरको मूल्य वृद्धिर ३ प्रतिशतमा खुम्चिरहेको पनि हुन्छ । त्यो समय खरिद गर्नुपर्छ । यो कारोबार गर्ने कला हो ।

१० पुस २०७३, विजयराज खनाल, अनलाईनखबर, १.००

वि.सं.२०७३ पुस १० आइतवार १२:५८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...