काठमाण्डौं । आज सेयर कारोबार खुलेको साताको दोस्रो दिन सेयर बजार सुचक १३ अंकले ओरालो लाग्न पुगेछ । तर यसरी सूचक घट्दा पनि दुई कम्पनीले भने १० प्रतिशत हाराहारी सम्पति बढाएका छन् ।
हिमालयन डिस्ट्रिलरी लिमिटेड र एनबी इन्स्योरेन्सका लगानीकर्ताको सम्पति १० प्रतिशत हाराहारी बढेको हो। आज सेयर बजारमा हिमालयन डिस्ट्रिलरीको सेयर मूल्य ६० रुपैयाँ बढेर ६६५ रुपैयाँ पुगेको छ भने एनबी इन्स्योरेन्सको २८ रुपैयाँ बढेर ३१८ रुपैयाँ पुगेको छ।
आज दिनभरिमा १३७ कम्पनीको ५४ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज होटल र अन्य सुचक वाहेक सबै रातो भएपछि यसको प्रत्यक्ष असर सेयर सूचकमा पर्न पुगेको हो । आज बैंकिङ १६.६२ अंक, विकास बैक १२.६३ अंक, जलविद्युत ४.१७ अंक, फाइनान्स २.३१ अंक, बिमा ६७.६४ अंक र उत्पादनमूलक १७.२७ अंकले झरेको छ।
२७ मंसिर २०७३, ३।३५
वि.सं.२०७३ मंसिर २७ सोमवार २१:०० मा प्रकाशित