काठमाण्डौं । लुम्बिनी जनरल इनस्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता ओइरिए पछि आज पनि सेयर बजारले नयाँ रेकर्ड कायम गरेकोछ । बैंकिङ समूह उर्लिएका कारण सेयर बजारले १८.८८ अंकको छलाङ हानेको छ । बजार १६८५ अंक पार भएको छ ।
सेयर बजारमा लुम्बिनी जनरलको ११ करोड २२ लाख र एभरेष्टको १० करोड १७ लाख रुपैयाँको किनबेच भएको छ । त्यस्तै, लगनीकर्ताहरुले स्ट्यान्डर्ड चार्टर्ड बैक र नेपाल एसबिआइ बैंकमा पनि आकर्षित भएका थिए ।
दिनभरीमा एक अर्ब ६० करोड ५७ लाख रुपैयाँको किनबेच भएको छ । आज करिब १३५ कम्पनीको सेयर खरीद बिक्री भयो ।
१२ असार २०७३, ३.३०
वि.सं.२०७३ असार १२ आइतवार १६:१४ मा प्रकाशित